धान दिवस रामेछापको बिभिन्न स्थानमा

१७ असार २०८१, आईतवार

रामेछाप । २१ औ राष्ट्रिय धान दीवस रामेछाप जिल्लाका विभिन्न स्थानमा मनाईएको छ । जिल्ला कुषि विकास कार्यालय, रामेछाप पोलि टेक्निकल कलेजको सयुक्त आयोजनामा “जलवायु मैत्री कृषि धान उत्पादनमा बृद्धि” भन्ने मुल नाराका साथ जिल्लाको सदरमुकाम मन्थलीमा मनाएको छ । उक्त कार्यक्रम सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेको अध्यक्षतामा गरेको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख पे्रम सागर थापको प्रमुख आतिथ्यता संगै नेपाल पत्रकार महासंघ जिल्लाका सुरक्षा निकायका प्रमुख लगायत जिल्लाका संचार माध्यमहरु तथा विभिन्न सरोकारवाला कार्यालयहरु संघ संस्था र स्थानिय हरु समेतको समेतको सहभागीता रहेको थियो । जिल्ला कृषि सहकारी संस्था र पोलीटेक्नीकल कलेज समेतको समन्वयमा उक्त कार्यक्रम भएको आयोजक जनाएको छ । धान दीवस संगै दहि च्युरा खाएर दीवस मनाएको छ ।

त्यस्तै गरी मन्थली नगरपालिकाले मन्थली नगरपालिका १२ को घुर्पाङ बेशी र लिखु तामाकोशि गाउँपालिकाले खिम्तिी बेशीमा २ पालीकाका प्रमुख उप प्रमुख र अन्य सरोकारवाला हरु समेतको उपस्थितिमा दहि च्युरा समेत खाएर २१ औ धान दीवस मनाईएको हो । यसैगरि दिवसकै अवसर पारेर मन्थली नगरपालिकाले वडा नं १२ स्थित गेलुको घुर्पाङ् वेशीमा २१ औ धान दीवस संगै दहि च्युरा खाएर दीवस मनाएको छ ।

नगरपालीकाले जिल्ला समन्वय समितिका प्रमुखलाई प्रमुख र नगरप्रमुख लव श्रेष्ठ र उप प्रमुख ईश्वरी बस्नेतलाई अतिथी बनाएर गरेको उक्त कार्यक्रममा नगरपालीकाका प्रमुख,उप प्रमुख जिल्ला स्थीत विभिन्न संचार माध्यमका प्रतिनिधि र स्थानिय समुदायको समेत उपस्थिति रहेको थियो । नगरले आफनो वडा कार्यालयको समेत समन्वयमा गरेको उक्त कार्यक्रममा नगरपालिकाका कर्मचारीहरुको समेत उपस्थीति रहेको थियो । सो अवसरमा पंचेवाजा सहितको टोलीले कार्यक्रमलाई उल्लासमय र मनोरन्जनमय बनाएको थियो ।

त्यसैगरि जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले पनि खिम्ति बेशीमा २१ औ धान दीवस संगै दहि च्युरा खाएर दीवस मनाएको छ । पालीका प्रमुख,केशव महतको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष शिव न्योपाने समेतको रोहवरमा भएको उक्त कार्यक्रममा विभिन्न संचार माध्यमका प्रतिनिधि र स्थानिय समुदायको समेत उपस्थिति रहेको थियो ।
वडा कार्यालयको समेत समन्वयमा गरेको उक्त कार्यक्रममा पालिकाका कर्मचारीहरुको समेत उपस्थीति रहेको थियो । सो अवसरमा पंचेवाजा सहितको टोलले हिल्ल्लाम्मे खेतमा मनोरन्जन समेत गरेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...

संविधान संशोधनलाई हल्का रूपमा लिनु देशका लागि घातक : गगन थापा

संविधान संशोधनलाई हल्का रूपमा लिनु देशका लागि घातक : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधनजस्तो संवेदनशील विषयलाई हल्का रूपमा लिनु देशका लागि घातक हुन सक्ने बताएका छन्। उनले संविधान संशोधन आवश्यक भए पनि त्यसका संवेदनशील पक्षलाई गम्भीरतापूर्वक बुझेर मात्र अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।...