रामेछाप । २१ औ राष्ट्रिय धान दीवस रामेछाप जिल्लाका विभिन्न स्थानमा मनाईएको छ । जिल्ला कुषि विकास कार्यालय, रामेछाप पोलि टेक्निकल कलेजको सयुक्त आयोजनामा “जलवायु मैत्री कृषि धान उत्पादनमा बृद्धि” भन्ने मुल नाराका साथ जिल्लाको सदरमुकाम मन्थलीमा मनाएको छ । उक्त कार्यक्रम सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेको अध्यक्षतामा गरेको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख पे्रम सागर थापको प्रमुख आतिथ्यता संगै नेपाल पत्रकार महासंघ जिल्लाका सुरक्षा निकायका प्रमुख लगायत जिल्लाका संचार माध्यमहरु तथा विभिन्न सरोकारवाला कार्यालयहरु संघ संस्था र स्थानिय हरु समेतको समेतको सहभागीता रहेको थियो । जिल्ला कृषि सहकारी संस्था र पोलीटेक्नीकल कलेज समेतको समन्वयमा उक्त कार्यक्रम भएको आयोजक जनाएको छ । धान दीवस संगै दहि च्युरा खाएर दीवस मनाएको छ ।
त्यस्तै गरी मन्थली नगरपालिकाले मन्थली नगरपालिका १२ को घुर्पाङ बेशी र लिखु तामाकोशि गाउँपालिकाले खिम्तिी बेशीमा २ पालीकाका प्रमुख उप प्रमुख र अन्य सरोकारवाला हरु समेतको उपस्थितिमा दहि च्युरा समेत खाएर २१ औ धान दीवस मनाईएको हो । यसैगरि दिवसकै अवसर पारेर मन्थली नगरपालिकाले वडा नं १२ स्थित गेलुको घुर्पाङ् वेशीमा २१ औ धान दीवस संगै दहि च्युरा खाएर दीवस मनाएको छ ।
नगरपालीकाले जिल्ला समन्वय समितिका प्रमुखलाई प्रमुख र नगरप्रमुख लव श्रेष्ठ र उप प्रमुख ईश्वरी बस्नेतलाई अतिथी बनाएर गरेको उक्त कार्यक्रममा नगरपालीकाका प्रमुख,उप प्रमुख जिल्ला स्थीत विभिन्न संचार माध्यमका प्रतिनिधि र स्थानिय समुदायको समेत उपस्थिति रहेको थियो । नगरले आफनो वडा कार्यालयको समेत समन्वयमा गरेको उक्त कार्यक्रममा नगरपालिकाका कर्मचारीहरुको समेत उपस्थीति रहेको थियो । सो अवसरमा पंचेवाजा सहितको टोलीले कार्यक्रमलाई उल्लासमय र मनोरन्जनमय बनाएको थियो ।
त्यसैगरि जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले पनि खिम्ति बेशीमा २१ औ धान दीवस संगै दहि च्युरा खाएर दीवस मनाएको छ । पालीका प्रमुख,केशव महतको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष शिव न्योपाने समेतको रोहवरमा भएको उक्त कार्यक्रममा विभिन्न संचार माध्यमका प्रतिनिधि र स्थानिय समुदायको समेत उपस्थिति रहेको थियो ।
वडा कार्यालयको समेत समन्वयमा गरेको उक्त कार्यक्रममा पालिकाका कर्मचारीहरुको समेत उपस्थीति रहेको थियो । सो अवसरमा पंचेवाजा सहितको टोलले हिल्ल्लाम्मे खेतमा मनोरन्जन समेत गरेको थियो ।