धादिङ कारागारमा सेनाको गोली, एक कैदीको मृत्यु

२५ भाद्र २०८२, बुधबार

धादिङ । जिल्ला कारागार धादिङमा कैदीबन्दीले भाग्ने प्रयास गर्दा नेपाली सेनाले चलाएको गोली लागी एक कैदीको मृत्यु भएको छ । मृतक करिब ७५ वर्षका रहेका बताइएको छ । घटनामा सात जना कैदीबन्दी र सात जना प्रहरी घाइते भएका छन् ।

प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार कैदीबन्दीहरूले सुरक्षा घेरा तोड्दै बाहिर निस्कन खोजेपछि सेनाले गोली चलाउन बाध्य भएको हो । सुरुवाती प्रयासमा सेनाले पानीको फोहोरा प्रयोग गरी स्थिति नियन्त्रणमा ल्याउने कोशिस गरेको थियो तर कैदीबन्दीहरूले सुरक्षाकर्मीमाथि नै आक्रमण गर्न थालेपछि गोली प्रहार गरिएको उनले जानकारी दिए ।

गोली लागेर घाइते भएका कैदीबन्दीलाई सेनाको सुरक्षामा उपचारका लागि काठमाडौं पठाइएको छ । जनपथ र सशस्त्र प्रहरीका सात जना पनि घटनामा घाइते भए तर उनीहरूको अवस्था सामान्य रहेको अधिकारीहरूले बताएका छन् ।

मंगलबार नख्खु कारागारबाट पूर्वगृहमन्त्री रवि लामिछानेसहित कैदीहरू छुट्टिएको घटनापछि धादिङ कारागारका कैदीहरूले पनि आफूहरूलाई रिहा गर्न माग गर्दै बुधबार बिहानैदेखि आन्दोलित भएका थिए । उनीहरूले कारागारमै आगजनी गर्दै तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन सेनाको सहयोग लिइएको हो ।

धादिङ कारागारमा हाल २४३ कैदीबन्दी रहेका छन्, जसमा ९ जना महिला छन् । कैदीबन्दीको प्रदर्शन र सुरक्षा निकायबीचको झडपसँगै मुलुकभरको कारागार व्यवस्थामा थप असुरक्षा बढ्दै गएको देखिन्छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...