देउवासँग गठबन्धन तोड्न ओलीको प्रस्ताब

Written by meropradesh creator

७ फाल्गुन २०७८, शनिबार

काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी ओलीले गठबन्धन तोड्न प्रधानमन्त्रीलाई प्रस्ताब गरेका छन् । एमाले अध्यक्ष वलीले अहिलेको गठबन्धन तोडेको खण्डमा अमेरिकी सहायता परियोजना एमसीसी पारित गन सहयोग गर्नेर्, चुनावसम्म प्रधानमन्त्रीमा सघाउने, संसद विघटन गरेर र अर्ली इलेक्सनमा जानुपर्ने लगाएतका प्रस्ताब ओलीको देउवा संग राखेको छ ।
प्रधानमन्त्री देउवा बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठकमा सहमति नजुटेपछि बिहीबार साँझ वली निवास बालकोट पुगेका थिए । देउवालाई ओलीले एमालेको साथ चाहिने भए तत्काल आफ्नो प्रस्ताव मान्यहुन पर्ने बताएका छन् । गठबन्धन तोडे देउवालाई चुनावसम्म प्रधानमन्त्रीमा सघाउने र एमसीसी पास गर्न पनि मद्दत गर्ने ओलीले वचन दिएका छन् । तर, चुनावसम्म एमाले सरकारमा भने नजाने अडान ओलीको छ ।
देउवाले भने एमसीसी पास गरेर चुनावी सरकार बनाउन एमालेसँग प्रस्ताव गरेका छन् । ‘प्रधानमन्त्रीजीले चुनावी सरकारमा आउनुप¥यो भन्नुभयो । अध्यक्ष कमरेडले बाहिरै बसेर सरकारलाई समर्थन गर्ने भन्नुभएको छ,’ ओलीनिकट एक नेताले भने ।
गठबन्धन तोडिएपछि अर्ली इलेक्सनमा जाने ओलीको अर्को प्रस्ताव छ । माओवादी केन्द्र र एकीकृत समाजवादीले सरकार छाडेपछि संसद विघटन गर्न र अर्ली इलेक्सनमा जानुपर्ने ओलीको सर्त छ । एमाले उपाध्यक्ष सुवास नेम्वाङले भने एमसीसीबारे पार्टीले प्रस्ट धारणा बनाइनसकेको बताउँछन् ।
‘एमसीसी मुख्यालयलाई संयुक्त पत्र लेखिसकेर पनि पछाडि फर्किएको भन्दै देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्ट छन् । सत्ता गठबन्धन बैठकमा सहमति नजुटेपछि देउवा पत्नी आरजु राणासहित ओलीनिवास बालकोट पुगेका थिए ।
सत्तारुढ गठबन्धनका दुई घटक माओवादी केन्द्र र एकीकृत समाजवादी तत्काल एमसीसी पास नगर्ने अडानमा छन् । शुक्रबार बिहान बसेको गठबन्धनको बैठकमा देउवाले एकीकृत समाजवादीको निर्णय कुर्ने बताएका छन् । समाजवादीको आज स्थायी कमिटी बैठक बस्दैछ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...