देउवाको निधिलाई प्रश्न : ‘कसले नमान्ने ? पार्टी फुटाउन खोजेको ?’

१३ मंसिर २०८२, शुक्रबार

काठमाडौं, १२ मंसिर ।
नेपाली कांग्रेसभित्र महाधिवेशनको तारतम्य मिलाउनुपर्ने बेला उल्टै आन्तरिक तिक्तता बढिरहेको छ। सभापति शेरबहादुर देउवाले विधानअनुसारको नियमित महाधिवेशन अबिलम्ब गर्नुपर्ने अडान कडाइका साथ राखेपछि शुक्रबार देउवा निवास धुम्बाराहीमा बसेको छलफल झनै तनावपूर्ण बनेको छ।

महाधिवेशनको मिति टुंग्याउन बोलाइएको भेलामा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनथापा र विश्वप्रकाश शर्मा, साथै नेताहरू विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौला सहभागी थिए। छलफल सुरु भएलगत्तै देउवाले आफूले ‘महाधिवेशन गरौँ’ भनेरै सिंगापुर गएको तर नेताहरूले समयमै गृहकार्य नगरेको आरोप लगाए।

एक नेताका अनुसार देउवाले खुबै आक्रोशित हुँदै भने, ‘मैले त छाड्छु भनेरै भनीसकेको मान्छे। विधानले भनेको समयमा महाधिवेशन गर्नु भनेर मंसिरमै सिंगापुर गएको थिएँ। मंसिरमा किन नगरेको ? समय त थियो नि ! तपार्ईँहरूको विवादले नै आज यो हालत भएको हो । मैले छाड्छु भनेकै छु, अब फेरि तपाईंहरूलाई के समस्या ?’

देउवाको यस्तो कठोर टिप्पणीपछि महामन्त्रीद्वय गगन–विश्वले भने आफ्ना कामको ब्रिफिङ दिए। उनीहरूका अनुसार नियमित महाधिवेशनका लागि समय अत्यन्त कम भएकाले विशेष महाधिवेशन गरेरै नेतृत्व परिवर्तन गर्नुपर्ने विचार उनीहरूले अघि सारे। सुवर्ण शमशेरले ०१५ सालमा गरेको जस्तै ‘अपिल’ गरेर देउवालाई विशेष महाधिवेशनबाट पद हस्तान्तरण गर्न आग्रहसमेत गरेका थिए।

तर देउवा उनले बीचमै रोके— ‘त्यस्तो होइन, म नियमित मै छाड्छु। विशेष होइन, नियमित महाधिवेशन गरौँ। पुसको अन्तिम सातासम्म गर्न सकिन्छ।’

यही भनाइसँगै छलफलको तानातान झनै चर्कियो।

निधिको अस्वीकार– देउवाको कड्काहट

देउवाले पुसको अन्तिमसाता नियमित महाधिवेशन गर्ने तयारी थाल्न निर्देशन दिएपछि नेता विमलेन्द्र निधि खुलेरै असहमति जनाए।
निधि बोले, ‘सभापतिज्यूले अहिले नियमित गर्ने भन्नुभयो भने हामीले केवल सुनेरै बस्ने ? केन्द्रीय कमिटीको बहुमतले मान्दैन। हामी मान्दैनौं।’

निधिको यस्तो स्पष्ट प्रतिवादले देउवा झनै चर्किए।

देउवाले कड्किँदै भने, ‘कसले नमान्ने ? किन नमान्ने ? पार्टी फुटाउने हो ? नियमित गर्न सकिन्छ, पुस मसान्तभित्रै गर्छौं। मिति तोकेर जानुपर्छ।’

तर निधि अझै अडिग नै रहे, ‘बहुमत सदस्यले मान्दैनन्,’ भन्दै।

छलफलमा उठेका ‘फास्ट–ट्र्याक’ विकल्प

लामो तानातानपछि नेताहरूबीच फास्ट–ट्र्याक प्रक्रियाबाट महाधिवेशनमा जाने सम्भावनाबारे पनि छलफल भयो। सहभागी नेताहरूका अनुसार केही विकल्प यसरी अघि सारिएका छन्—

  • ७७ जिल्लामा प्रतिनिधि नपठाई १६५ निर्वाचन क्षेत्रमा मात्रै प्रतिनिधि पठाउने।
  • क्रियाशील सदस्यता नवीकरणका लागि एक साता समय दिने।
  • केन्द्रीय प्रतिनिधि एक निर्वाचन क्षेत्रमा एक जनामात्र हुनेगरी प्रक्रिया छोट्याउने।

तर यी विकल्पमा पनि मूख्य नेताहरूबीच सहमति जुट्न सकेन।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...