देशमा अब के हुन्छ ःदेउवा प्रधानमन्त्री

Written by meropradesh creator

११ फाल्गुन २०७७, मंगलवार

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधीसभा विघटनलाई सर्वोच्चले असंवैधानिक भन्दै प्रतिनिधीसभा पुनः स्थापना भएको घोषना गरे संगै अब देशमा के हुन्छ भन्ने चासो आम नागरिकाम छाएको छ । धानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको ५ सदस्यीय संवैधानिक इजलासले विघटनलाई असंवैधानिक घोषणा गर्दै १३ दिनभित्र संसदको अधिवेशन बोलाउन परमादेश जारी गरेको । कसरी देशमा राजनीतिक अगाडि बढ्ला भन्ने प्रश्न उब्जिएको छ । संसदको अधिवेशन आह्वान गर्ने अदालतको फैसलामै उल्लेख भएको हुनाले अब १३ दिनभित्र राष्ट्रपतिले संसदको हिउँदे अधिवेशन आह्वान गर्न पर्ने हुन्छ । अदालतले राष्ट्रपति कार्यालय, मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री र सभामुखका नाममा परमादेश जारी गरिसकेकाले राष्ट्रपतिको आह्वानमा १३ दिन भित्र बैठक बस्नेछ । विघटन बदर भएसँगै प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिन सक्छन् । यदि त्यसो भएन भने संसद बैठकबाट नेकपा (दाहाल(नेपाल समूह) का ८९ सांसदले प्रस्तुत गरेको अविश्वासको प्रस्ताव दर्ता भएर अगाडि बढ्ने छ ।
अविश्वासको प्रस्तावमा बहुमत पुगेर पारित भएमा प्रधानमन्त्री ओली पदमुक्त हुनेछन् । तर, अविश्वासको प्रस्ताव पारित हुन कांग्रेस वा मधेशवादी दलको साथ चाहिन्छ अन्यथा बहुमत पुग्दैन त्यसको लागी कांग्रेस निर्णायक हुनेछ । कांग्रेसको साथ भएन र अविश्वासको प्रस्ताव फेल भएमा ओली प्रधानमन्त्रीमा बाकी समय रहिरहनेछन् । वली विरुद्ध थप एक वर्ष अविश्वासको प्रस्ताव दर्ता गर्न पाइनेछैन । त्यसपछि आफैँ पनि ५ वर्षे मध्यावधि चुनावी माहोल सुरु भइसक्नेछ त्यस पछी ओलीकै नेतृत्वमा उक्त चुनाव हुनेछ । ओलीले आरामले आफ्नो ५ वर्षे कार्यकाल पूरा गर्नेछ ।
यदि अविश्वास प्रस्ताव पारित भएमा ओली सत्ताबाट त बाहिरिने छ तर प्रधानमन्त्रीमा प्रस्तावित प्रचण्डका लागि वली तगारो बन्ने छ । पहिला त संसदीय दलको नेता पार्टी भित्र चुनिनु पर्ने हुन्छ यसमा ओलीले बाधा पुर्याडउन सक्छ । यदि ओलीको बहुमत भयो र प्रचण्ड संसदीय दलको नेता चुनिन सकेनन् भने कि पार्टी फुटाएर गठबन्धन सरकारमा अघि बढ्नु पर्छ । होइन भने बहुमतप्राप्त दलले दलको नेता छान्न नसकेमा वैकल्पिक सरकार बन्ने स्थिति बाँकी नरहने अवस्था कामचलाउ प्रधानमन्त्रीका हैसियतमा ओलीले धारा ७६(७) अनुसार फेरि विघटन गरेर चुनाव घोषणा गर्नुपर्नेछ । अविश्वास पारितपछि दल फुट्यो भने चाहिँ गठबन्धन सरकारको विकल्पमा राजनीति अगाडि बढ्ने छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भूमिका महत्वपूर्ण हुन्छ । कांग्रेसको समर्थन विना कसैको सरकार बन्ने अवस्था रहँदैन । ज्योतिषीले ७ पटक प्रधानमन्त्री हुन्छौँ भनेका सभापति शेरबहादुर देउवा आफू प्रधानमन्त्री बन्ने अवस्थामा बाहेक अरुलाई समर्थन नगर्न सक्छन् । यस्तो अवस्थामा प्रधानमन्त्री कांग्रेसको पोल्टामा जान सक्छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

सार्वजनिक सेवा पारदर्शी र प्रभावकारी बनाउने प्रतिवद्धता

सार्वजनिक सेवा पारदर्शी र प्रभावकारी बनाउने प्रतिवद्धता

रामेछाप । लिखुतामाकोशी गाउँपालिकाले सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, प्रभावकारी र जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । गाउँपालिकाले गत आर्थिक वर्ष २०८१र८२ को वार्षिक समीक्षा तथा चालु आर्थिक वर्ष २०८२र८३ को अर्धवार्षिक अवधिसम्म प्रदान गरिएका सेवा–सुविधाको...

कांग्रेस विशेष महाधिवेशन निर्वाचनतर्फ, मनोनयन दर्ताको समय थप

कांग्रेस विशेष महाधिवेशन निर्वाचनतर्फ, मनोनयन दर्ताको समय थप

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन सहमतिभन्दा निर्वाचनतर्फ मोडिएको छ । सभापति शेरबहादुर देउवाले नेतृत्व छोड्न अस्वीकार गरेपछि विशेष महाधिवेशन पक्षधरहरूले निर्वाचन प्रक्रियामार्फत नै पार्टीको नीति र नेतृत्व टुंग्याइने स्पष्ट पारेका छन् । रातभर विभिन्न चरणमा...

कारागारभित्र के लुकाइँदैछ ? अदालतको निरीक्षण रोकिनु रहस्यमय

कारागारभित्र के लुकाइँदैछ ? अदालतको निरीक्षण रोकिनु रहस्यमय

रामेछाप । कैदीबन्दीबाट पटक–पटक कुटपिट र दुव्र्यवहारको गुनासो आएपछि वस्तुस्थिति बुझ्न जिल्ला कारागार पुगेको अदालतको टोलीलाई प्रवेशमै रोकिएपछि रामेछाप कारागारको आन्तरिक अवस्था थप रहस्यमय बन्दै गएको छ। न्यायाधीशकै नेतृत्वमा पुगेको अनुगमन टोलीलाई प्रशासनिक आदेशको आडमा...