देशकै ठूलो सवस्टेसन प्रधानमन्त्री देउवाले गरे उद्घाटन

Written by meropradesh creator

५ चैत्र २०७८, शनिबार

रामेछाप । मन्थली नगरपालिका–१३ मा निमार्ण सम्पन्न नयाँ खिम्ती २२०÷१३२ केभी सवस्टेसनको प्रधानमन्त्री शेरवहादुर देउवाले शनिवार उद्घाटन गरेका
छन् ।

माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडद्धारा कार्यान्वयन गरिएको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत परियोजना अन्तर्गत रामेछापको मन्थली नगरपालिकाको फुलासी साँखेमा निमार्ण सम्पन्न भएको हो । हाल निमार्ण भइरहेका तामाकोशी, लिखु र गज्र्याङ लगाएतका स्थानमा उत्पादित विद्युत यस सव स्टेसनमा जडान गरी राष्ट्रिय प्रसारण लाइनमा पठाइने यो सवस्टेसन निकै ठूलो र महत्वपूर्ण रहेको छ । सवस्टेसन निमार्णमा करिव १ अर्ब खर्च भएको छ ।

यस सवस्टेसनमा माथिल्लो तामाकोशी जलविद्युत आयोजनावाट उत्पादित ४५६मेघावाट र अन्य निजी क्षेत्रवाट उत्पादन भएका विद्युत गरी १ हजार मेघावाट विजुली यस सवस्टेसन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । हाल तामाकोशी करिडोरको विजुली तामाकोशी–खिम्ती–ढल्केवर प्रसारण लाइनवाट ढल्केवरमा रहेको ४ सय केभी सवस्टेसनमा जोडिएको छ । त्यस्तैगरी १३२ केभी क्षमताको खिम्ती बाह्रविसे प्रसारण लाइन बनेको छ । हाल यो प्रसारण लाइन मार्फत तामाकोशीको विजुली काठमाण्डौंसम्म जाने गरेको छ ।

जीआइएस प्रविधिवाट बनेको २२० केभी क्षमताको सवस्टेसन यो नेपालकै पहिलो भएको आयोजक संस्थाले जनाएको छ । हाल ५२.४ मेगावाट उत्पादन क्षमताको लिखु ४ र २९ मेगावाट उत्पादन क्षमताको लिखु ए जलविद्युत आयोजनाको बिजुली यो सवस्टेसनमा जोडिइसकेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...