रामेछाप । देशका अधिकासं भू–भागमा आंशिकदेखी सामान्य मौसम बदली भई केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको आंशिक प्रभावले आज प्रदेश नम्वर १, बागमती, गण्डकी र पहाडी भू–भागमा आंशिकदेखी मौसममा सामान्य बदली भई प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागको केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्वभावना रहेको जनाएको छ ।
अहिले देशका केही पहाडी भू–भागहरुमा आंशिकदेखी मौसममा सामान्य बदली रही बाँकी भू–भागको मौसम भने सफा रहने छ । मौसम पूर्वानुमान महाशाखाले दिएको विवरणअनुसार आज काठमाण्डौं उपत्याकाको न्यूनतम तापक्रम ८.९ डिग्री र अधिकतम २४ दशमलव ७ डिग्री सेल्सियस रहेको छ । त्यसैगरी सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम शूल्य दशमलव चार डिग्री सेल्सियस रहेको छ भने सबैभन्दा धेरै धरानको न्यूनतम तापक्रम १८ दशमलव शून्य डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।