काठमाडौँ । देशभरका कार्यकर्तालाई मैदानमा उत्रन नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आह्वान गरेको छ । सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाल र रावललाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेपछि नेता नेपाले देशभरका कार्यकर्तालाई मैदानमा उत्रन आह्वान गरेका हुन् ।
नेता नेपालले ओलीविरुद्ध अभियान चलाइने भन्दै देशै भरका पार्टी कार्यकर्ताहरूलाई मैदानमा उत्रन भनेका हुन् । नेपालले ओलीलाई पार्टी अध्यक्ष नै नरहेको भन्दै कारबाही गर्ने कुनै अधिकार वली संग नरहेको पनि जिकिर गरेका छन् । नेता नेपालले भने, ‘अब केपी ओलीका विरुद्धमा देशव्यापी अभियान चलाइने छ ।’
ओलीले आफैँले केन्द्रीय कमिटी भङ्ग गरिसकेकाले वलीले कारबाही गर्ने अधिकार नभएको नेपालको भनाइ छ । सोमबार अध्यक्ष ओलीले नेपाल र रावललाई ६ महिनाका लागि निलम्बन गरेका थिए । ओलीले निलम्बन गरेको पत्र नपाएको भन्दै नेपालले ओलीविरुद्ध उत्रन कार्यकर्ताहरूलाई आह्वान गरेका थिए । पार्टी अध्यक्षको यस्तो निर्णयले नेपाल खनाल पक्षका कार्यकर्ताहरू पनि आक्रोशित बनेका छन् ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...