रामेछाप । देश भरका शिक्षण संस्था भोली देखी चार दिनको लागी बन्द गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्णय गरेको छ । देशभर अत्याधिक प्रदूषण बढेपछि मन्त्रालयले स्वास्थ्य सुरक्षामा मध्यनजर गर्दै चार दिनका लागि विद्यालय बन्द गर्ने तयारी गरेको हो ।
नेपाल तथा भारतका केही स्थानमा लागेको डढेलोको कारण प्रदूषणका कारण चैतमा पनि तुवाँलोले ढाकिएको र कण वायुमण्डलमा नै जम्मा भएकाले मौसम सफा हुन केही समय लाग्ने मौसम विद्हरुले बताएका छन् ।
चिकित्सहरुका अनुसार हाल देखिएको प्रदूषण मानव स्वास्थ्यका लागि घातक रहेको छ । घातक मौसमले आँखा, नाक पोल्ने, घाँटी दुख्ने समस्या देखिएको चिकित्सकले बताएका छन् ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...