रामेछाप । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकामा देश भरका तेक्वान्दो खेलाडी जम्मा भएका छन् । तेक्वान्दो आइ टि एफ को आयोजनामा भएको खेलमा सातै प्रदेशका खेलाडी रामेछापको खाँडादेवीमा आइपुगेका हुन् । शुक्रवार बाट खाँडादेवी गाउँपालिका र खाँडादेवी गाउँपालिका वडा नं ७ को सह अपयोजनामा आठौँ राष्ट्रिय प्रोफेसनल तेक्वान्दो आइटिएफ प्रतियोगिता खाँडादेवी गाउँपालिकामा सुरु भएको हो ।
रामेछाप तेक्वान्दो आइ टि एफ को आयोजना भएको खेलमा ७ वटा प्रदेश, नेपाली सेना, नेपाल आर्मी, सशस्त्र प्रहरी र आयोजक टिम सहित ११ वटा टिमका ४४ खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन गर्दै खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले तेक्वान्दो मार्फत अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउन सफल भएको भन्दै संस्थालाई चलायमान बनाउन आफू सहयोग गर्ने बताए । खेलकुद कार्यक्रम सबै विद्यालय र सबै युवा बिच पुर्याउने लक्ष्य सहित काय क्रम गाउँपालिकाले अघि बढाएको बताएका छन् । कार्यक्रममा बागमती प्रदेश सरकारका पूर्व मन्त्री शान्ति प्रसाद पौडेल, मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ लगायत सहभागी भएका छन् ।
महिला र पुरुष दुवै समूहको खेलमा प्रथम द्धितिय र तृतिह हुने प्रतियोगीहरूलाई क्रमशः नगद रु ५० हजार ४० हजार र ३० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजनले जनाएको छ । प्रतियोगितामा महिला तर्फ ४७ देखि ५५ केजी समूह र पुरुष तर्फ ५० देखि ५७ केजी तौल समूहका खेलाडीले भाग लिइरहेका छन् । खेल २० गते शनिवार सम्म सञ्चालन हुने छ । कार्यक्रमको अवसरमा गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठलाई तेक्वान्दो आइ टि एफले मानार्थ बल्याकबेल्डको उपाधि समेत दिएको छ ।