डाँफे फाउण्डेसनद्वारा तामाकोसी अस्पताललाई अक्सिजन कन्सन्टेटर्स सहयोग

Written by meropradesh creator

१४ जेष्ठ २०७८, शुक्रबार

रामेछाप । डाँफे फाउण्डेसन अमेरिका द्वारा तामाकोसी अस्पताललाई अक्सिजन कन्सन्टेटर्स सहयोग गरेको छ ।अमेरिकी संस्था डाँफे फाउन्डेसनले रामेछाप जिल्लाको तामाकोसी अस्पताललाई तीन थान इलेक्ट्रोनिक अक्सिजन कन्सनटेरर्स सहयोग गरेको हो । कोभिड –१९ का कारण विश्वमा महामारी फैलिए सगै संक्रमितले अक्सिजन अभावमा ज्यान गुमाइ रहेको अबस्थामा फाउण्डेसनले अस्पताललाई उक्त सामाग्री सहयोग गरेको हो ।
डाँफे फाउण्डेसनका तर्फबाट डाक्टर दिपेन कडरियाले आफ्ना प्रतिनिधि पराग खड्का मार्फत सो सामाग्री तामाकोसी अस्पतालका निर्देशक डाक्टर सुमन कर्मचार्यलाई हस्तान्तरण गरेका हुन् । ग्रामीण क्षेत्रमा बिरामीहरु अक्सिजनको अभावमा ज्यान गुमाउनु नपरोस् भनेर आफुले उक्त सामग्री सहयोग गरेको डाक्टर कडरियाको भनाइ छ । अक्सिजन कन्सनटेटर्स विद्युतद्वारा संचालन हुने भएकाले अक्सिजन सिलिन्डरको झन्झट नहुने अस्पतालले जनाएको छ ।
फाउण्डेसनद्वारा प्रदान गरिएको इलेक्ट्रोनिक अक्सिजन कन्सनटेटर्स आजैबाट प्रयोगमा ल्याइएको तामाकोसी अस्पतालका निर्देशक डाक्टर सुमन कर्मचार्यले जानकारी दिएका छन् । अक्सिजन कन्सनटेटर्स मार्फत रामेछापका नागरिकले तामाकोसी अस्पतालमा सहजै अक्सिजन सहितको उपचार पाउने पनि कर्मचार्यले बताए । यसअघि तामाकोसी अस्पतालले अक्सिजन सिलिन्डर प्रयोग गरिरहेको भए पनि बिरामीहरुको लागि अक्सिजन झन सहज हुने भएको छ । यस्तो संकटको समयमा मानिसको प्राण प्रदान गर्ने अक्सिजन मेसिन उपलब्ध गराएको भन्दै डाक्टर कर्मचार्यले डाफे फाउन्डेसन र डाक्टर दिपेन कडरियालाई धन्यवाद ब्यक्त गरेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

रामेछाप । नेपाली काँग्रेस रामेछापका सभापतिको कार्यशैलीको विरोध गर्दै पदाधिकारीहरूले सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको छ । ऊर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्रीसमेत रहेका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले कार्यकालको सुरुवातीदेखि नै...

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

रामेछाप । गौरीशङ्कर माध्यमिक विद्यालयले ६१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयले आयोजना गरेको अभिभावक भेलामा शिक्षक तथा विद्यार्थीले विभिन्न प्रतिभा प्रस्तुत गरेका छन् । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै रामेछाप...

मन्थली नगर कप महिला तर्फको उपाधि भटौलीले हात पार्‍यो

मन्थली नगर कप महिला तर्फको उपाधि भटौलीले हात पार्‍यो

मन्थली । मन्थली नगर खेलकुद विकास समितिको आयोजनामा फागुन ३ गतेदेखि सुरु भएको प्रथम महिला नगर भलिबलको उपाधि मन्थली नगरपालिका वडा नं ७ भटौलीले जितेको छ । बुधवार भएको फाइनल खेलमा वडा नं १३ फुलासीलाई पराजित गराउँदै भटौलीले प्रथम महिला भलिबलको उपाधि जितेको हो ।विजेता...