दाजु भाईले दिए बृद्धबृद्धा र बालबालिकालाई न्यानो कपडा

Written by meropradesh creator

८ फाल्गुन २०७७, शनिबार

सुरज बस्नेत
दोलखा । नेपाल तरुण दलका सभापती दावासाङ्गे शेर्पा र उनका भाई कर्मा शेर्पाले दोलखाका बृद्धबृद्धा र बालबालिकालाई न्यानो कपडा बितरण गरेका छन् ।
लामोसमय देखी राजनीति तथा समाजसेवामा सक्रिय रहँदै आएका तरुण दल दोलखाका अध्यक्ष तथा युवा नेता दावासाङ्गे शेर्पाले भाइ कर्म शेर्पाको सहयोगमा जिल्लाको दुर्गमगाउँ आलम्पुका ७० वर्ष माथीका २४० जना थामी बृद्धबृद्धालाई न्यानो कपडा वितरण गरेका हुन् । कपडा वितरण गर्दै तरुण दल दोलखाका युवा नेता शेर्पाले दुर्गमका एकसय वर्ष माथिका ९ जना र ७० बर्ष माथिका २ सय २९ जना थामी बृद्धबृद्धालाई कपडा बितरण गरेर उनीहरुसँग खुशी साट्न पाएको बताए ।


न्यायो कपडा पाएसँगै बृद्धबृद्धाहरु समेत खुसी भएका थिए । यस्तै दोलखाको भिमेश्वर नगरपालिकामा रहेको गौरीशंकर बालगृहका परिवार बिहिन ३० जना बालबालिकालाई समेत युवा नेताएवं समाजसेवी शेर्पा दाजूभाईले न्यानो कपडा वितरण गरेका छन् । नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य एवं सांसद जिपछिरीङ लामाको हातबाट दावासाङ्गे र कर्मा शेर्पाले बालगृहको रेखदेखमा रहेका दोलखा लगायत सात जिल्लाका ३० जना बालबालिकालाई न्यानो कपडा वितरण गरेका हुन् ।
तरुण दल दोलखाका अध्यक्ष शेर्पाले एकसरो कपडामा रातदिन कटाउने बालबालिकालाई जाडोमा न्यानो होस् भन्ने उदेश्यले व्यक्तिगत रूपमा न्यानो ट्रयाकसुट वितरण गरेको जानकारी दिए ।


गौरीशंकर बालगृहका अध्यक्ष रामप्रसाद सापकोटाले हाल बालगृहमा दोलखा, सिन्धुपाल्चोक, रामेछाप,ओखलढुंगा, हुम्ला, जुम्ला, कालिकोट लगायतबाट आएका परिवार बिहिन ३० जना बालबालिका बालगृहको संरक्षणमा रहेको जानकारी दिए । शेर्पा दाजुभाईले गरेको न्यानो कपडा सहयोगका लागि अध्यक्ष सापकोटाले धन्यवाद समेत दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...