चुनावमा कांग्रेसलाई पहीलो पार्टी बनाउने प्रधानमन्त्री वलीको आश्वासन

Written by meropradesh creator

२३ बैशाख २०७८, बिहीबार

काठमाण्डौं । प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर आगामी चुनावमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने प्रस्ताव गरेका छन् । प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेसका नेताहरुसँग भेटेर विश्वासको मत लिने क्रममा सहयोग गर्न आग्रह गर्दै अब आउने चुनाबमा कांग्रेसलाई पहिलो बनाउने र आफू नेतृत्वको एमाले दोस्रो पार्टी बनाएर काम गर्ने भन्दै आफुलाई योपटक विश्वासको मत दिन आग्रह गरे ।

तर कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतले उक्त प्रस्ताव ठाडै अस्वीकार गरेका छन । प्रधानमन्त्रीले चरणबद्ध रुपमा गलत कामहरु गर्दै आएकाले विश्वासमा मत दिन नसक्ने स्पष्ट पारेको भेटमा सहभागि कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले जानकारी दिए । तर प्रधानमन्त्री ओलीले अपेक्षा गरेजस्तो संसदबाट विश्वासको मत दिएर अहिले जान सक्ने अवस्थामा कांग्रेस नरहेको देउवाले प्रष्टाएका छन् । तपाईंलाई विश्वासको मत दिने अवस्था अहिले छैन, बैठकमा देउवाले राखेका कुराबारे महतले भने, ‘सत्ता सहकार्यका कुरा हामीले अहिले गर्ने अवस्था पनि छैन। विपक्षी दलका हिसावले पनि यो कुरा सम्भव छैन । कांग्रेसले वैशाख २७ मा संसदमा प्रधानमन्त्री ओलीका विरूद्ध मतदान गर्ने पनि महत बताउँछन् ।

्रप्रतिनिधिसभा विघटन,लुम्बिनी प्रदेशमा अल्पमतमा परेका नेतालाई मूख्यमन्त्रीमा सपथ खुवाएको लगायतका विषयमा कांग्रेसले आपत्ति जनाएको हो । सरकारले मंगलबार र बुधबार ल्याएको अध्यादेशको पनि कांग्रेसले विरोध गरेको बताए । प्रधानमन्त्रीलाई कोरोना विरुद्धको खोप आयात देखि अन्य विषयमा भ्रष्टाचार हुन सक्ने विभिन्न विषयमा प्रश्न उठाएको महतले जानकारी दिए । त्यस्तै कोरोना संक्रमण नियन्त्रण तथा खोप अभियानमा पनि सरकार असफल भएको आरोप कांग्रेसले लगाएको छ ।
ेभेटको क्रममा ओलीले एमाले र कांग्रेस मिलेर अघि बढ्न सके निष्पक्ष चुनाव गराउने आश्वासन दिएका थिए । त्यसैगरी सत्ता साझेदारीका लागि पनि ओलीले प्रस्ताव राखेको भेटमा सहभागि वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।
लोकतन्त्रका लागि संगै लडेको पार्टी भएकाले फेरी पनि मिलेर जानुपर्नेमा ओलीले जोड दिए पनि आफूहरुले अस्वीकार गरेको कांग्रेस नेता पौडेलले बताए । संवैधानिक परिषदको अपमान गरेको र अदालतले संसद विघटन गरेपछि पनि नैतिकताका आधारमा राजीनामा नदिएको भन्दै कांग्रेस नेताहरुले ओलीकै आलोचना गरेको पौडेलले जानकारी दिए ।
प्रधानमन्त्री भएपछि पहिलोपटक ओली देउवा निवास गएका थिए । काँग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्धय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य रमेश लेखक लगायत सहभागी थिए । ओलीको प्रस्ताव सुनेपछि नेताहरु आन्तरिक छलफलमा जुटेका थिए । प्रधानमन्त्री ओली उपप्रधानमन्त्री ईश्वर पोखरेल,गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका नेता उपनेता सुवास नेम्बाङसहित देउवा निवास पुगेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...