चुनावमा कांग्रेसलाई पहीलो पार्टी बनाउने प्रधानमन्त्री वलीको आश्वासन

Written by meropradesh creator

२३ बैशाख २०७८, बिहीबार

काठमाण्डौं । प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर आगामी चुनावमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने प्रस्ताव गरेका छन् । प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेसका नेताहरुसँग भेटेर विश्वासको मत लिने क्रममा सहयोग गर्न आग्रह गर्दै अब आउने चुनाबमा कांग्रेसलाई पहिलो बनाउने र आफू नेतृत्वको एमाले दोस्रो पार्टी बनाएर काम गर्ने भन्दै आफुलाई योपटक विश्वासको मत दिन आग्रह गरे ।

तर कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतले उक्त प्रस्ताव ठाडै अस्वीकार गरेका छन । प्रधानमन्त्रीले चरणबद्ध रुपमा गलत कामहरु गर्दै आएकाले विश्वासमा मत दिन नसक्ने स्पष्ट पारेको भेटमा सहभागि कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले जानकारी दिए । तर प्रधानमन्त्री ओलीले अपेक्षा गरेजस्तो संसदबाट विश्वासको मत दिएर अहिले जान सक्ने अवस्थामा कांग्रेस नरहेको देउवाले प्रष्टाएका छन् । तपाईंलाई विश्वासको मत दिने अवस्था अहिले छैन, बैठकमा देउवाले राखेका कुराबारे महतले भने, ‘सत्ता सहकार्यका कुरा हामीले अहिले गर्ने अवस्था पनि छैन। विपक्षी दलका हिसावले पनि यो कुरा सम्भव छैन । कांग्रेसले वैशाख २७ मा संसदमा प्रधानमन्त्री ओलीका विरूद्ध मतदान गर्ने पनि महत बताउँछन् ।

्रप्रतिनिधिसभा विघटन,लुम्बिनी प्रदेशमा अल्पमतमा परेका नेतालाई मूख्यमन्त्रीमा सपथ खुवाएको लगायतका विषयमा कांग्रेसले आपत्ति जनाएको हो । सरकारले मंगलबार र बुधबार ल्याएको अध्यादेशको पनि कांग्रेसले विरोध गरेको बताए । प्रधानमन्त्रीलाई कोरोना विरुद्धको खोप आयात देखि अन्य विषयमा भ्रष्टाचार हुन सक्ने विभिन्न विषयमा प्रश्न उठाएको महतले जानकारी दिए । त्यस्तै कोरोना संक्रमण नियन्त्रण तथा खोप अभियानमा पनि सरकार असफल भएको आरोप कांग्रेसले लगाएको छ ।
ेभेटको क्रममा ओलीले एमाले र कांग्रेस मिलेर अघि बढ्न सके निष्पक्ष चुनाव गराउने आश्वासन दिएका थिए । त्यसैगरी सत्ता साझेदारीका लागि पनि ओलीले प्रस्ताव राखेको भेटमा सहभागि वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।
लोकतन्त्रका लागि संगै लडेको पार्टी भएकाले फेरी पनि मिलेर जानुपर्नेमा ओलीले जोड दिए पनि आफूहरुले अस्वीकार गरेको कांग्रेस नेता पौडेलले बताए । संवैधानिक परिषदको अपमान गरेको र अदालतले संसद विघटन गरेपछि पनि नैतिकताका आधारमा राजीनामा नदिएको भन्दै कांग्रेस नेताहरुले ओलीकै आलोचना गरेको पौडेलले जानकारी दिए ।
प्रधानमन्त्री भएपछि पहिलोपटक ओली देउवा निवास गएका थिए । काँग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्धय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य रमेश लेखक लगायत सहभागी थिए । ओलीको प्रस्ताव सुनेपछि नेताहरु आन्तरिक छलफलमा जुटेका थिए । प्रधानमन्त्री ओली उपप्रधानमन्त्री ईश्वर पोखरेल,गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका नेता उपनेता सुवास नेम्बाङसहित देउवा निवास पुगेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप । रामेछाप उद्योग वाणिज्यिक सङ्घ रामेछापले माघ १५ गते देखी २६ गते सम्म मन्थलीमा सञ्चालित रामेछाप कृषि पर्यटन तथा औद्योगिक मेला प्रदर्शनी २०८१ को आम्दानी तथा खर्च सार्वजनिक गरेको छ । उद्योग वाणिज्यिक सङ्घले पत्रकार सम्मेलन मार्फत सोमबार आम्दानी तथा खर्च...

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

काठमाडौं । जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) एकीकरणका लागि सहमति नजिक पुगेको छ । पार्टीको नाम, अध्यक्ष, चुनाव चिह्न लगायतमा दुवै पक्ष सहमति नजिक रहेको दुवै दलले जानकारी दिएका छन् । एकतापछिको पार्टी अध्यक्ष डा. सीके राउत, सह–अध्यक्ष रञ्जिता श्रेष्ठ हुनेगरी छलफल...

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप । रामेछाप नगरपालिकाले आइतबार आर्थिक वर्ष २०८१÷८२ को आठ महिना अवधिको विकास निर्माण तथा सार्वजनिक सेवाका विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको वडा नम्बर ६ को ओख्रेनीमा आइतबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा चालु आर्थिक वर्ष...