चुचुरेमा घरै पिच्छे पानीको धारा

Written by meropradesh creator

३ पुष २०७७, शुक्रबार

रामेछाप । खानेपानीको चरम समस्या झेल्दै आएका गोकुलगंगा गाउँपालिका वडा नं–१ चुचुरेका उपभोक्ताको घरै पिच्छे खानेपानीको धारा झरेपछि स्थानिय उपभोक्ता खुशीले गदगद् भएका छन् ।
गाउँपालिकाले सदियौ देखी खानेपानीको समस्या झेल्दै आएका नागरिकहरुको घरघरमा धारा पुर्याउने योजना अघि वढाए सँगै चुचुरेमा खानेपानी पुगेको हो । वस्ती नजिकै खानेपानीको मुहान नभएकै कारण स्थानिय उपभोक्ताहरुले खोलामो दुषित पानी प्रयोग गर्दै आएका थिए । खोलामा बगिरहेको पानी खादा उपभोक्ताहरुमा जरो, टाइफाइड, जण्डिस, रुघाखोकी जस्ता रोगहरु लाग्दै आएको गोकुलगंगा गाउँपालिका वडा नं १ चुचुरेकी उपभोक्ता मनमाया तामाङले जानकारी दिइन ।
उनले भनिन्– हामीलाई खानेपानीको सधै समस्या थियो । वर्षातमा खोलामा बगेको धमिलो खानेपानी पिउने गर्नुपथ्यो । धमिलो पानी खाँदा गाउँका धेरै उपभोक्ताहरु बिरामी पनि परे । जरुवाको पानी लिन जाँदा जंगलमा जानु पर्ने वाध्यता थियो । पानी लिन जंगलमा महिलाहरु एक्लै दुक्लै जान सक्दैनथे । घरमा भएका पुरुषहरु कामको लागि घरवाहिर जानु पर्ने वाध्यता भएकाले हामीले वर्षौदेखी खोलामा वगेको धमिलो पानी खाएर निर्वाह गर्दै आएका थियौ । तर अहिले घरघरमा पानीको धारा झरेपछि गाउँका सवै उपभोक्ताहरु खुशीले गदगद भएको तामाङ बताउँछिन् ।
गाउँपालिकाले गएको आर्थिक वर्षको विनियोजीत वजेटवाट गाउँपालिकाको ६ वटै वडाहरुको खानेपानी अभाव भएको वस्ती पहिचान गरी ती वस्तीहरुमा घरै पिच्छे पानी पुर्याउने अभियान शुरुवात गरेको थियो । सोही अभियान अन्तर्गत पहिलो चरणमा वडा नं–१ चुचुरेमा उपभोक्ताहरुलाई पहिलो प्राथमिकतामा राखेर १ सय १८ वटा धारा निमार्ण गरी ती धारामा पानी खसालेको छ । चुचुरेका उपभोक्ताहरुले वस्ती आसपास पानीको मुहान नभएपछि चम्लार खोला र खिम्ती खोलाको धमिलो पानी उपभोग गर्दै आएका थिए । अहिले गाउँपालिकाले वजेट विनियोजन गरेपछि वस्ती माथीको जंगलको मुहानवाट रिजर्भ ट्याङकी निमार्ण गरी वस्तीमा खानेपानी पुर्याइएको गोकुलगंगा गाउँपालिका वडा नं– १ का वडा अध्यक्ष मणिकुमार लामाले जानकारी दिए ।
उनले भने– चुचुरेको सवै वस्तीमा खानेपानीको असुविधा छ । खानेपानीको असुविधा भएको वस्तीहरु पहिचान गरिसकेका छौं । पानीको अभाव झेलिरहेका वस्तीहरुमा पहिलो पटक १ सय १८ वटा धारा निमार्ण भइसकेर ती धारा मार्फत पानी वितरण गरिसकेका छौं भने बाँकी रहेका अन्य वस्तीहरुमा पनि धारा निमार्णको काम भइरहेकाले चाँडै नै ती वस्तीमा पनि शुद्ध खानेपानी वितरण गर्ने गरि काम अघि वढाइएको अध्यक्ष लामाले बताए ।
गाउँपालिकाले गएको आर्थिकवर्षमा गाउँपरिषदवाट पारित गरेर शुरुवात गरेको एक घर एक धारा अभियान अन्तर्गत यस चालु आर्थिक वर्षमा ८ सयवटा धारा निमार्ण गरिसक्ने गरि काम अघि वढाएको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खडगवहादुर सुनुवारले जानकारी दिए । उनले भने– अबको दुई वर्ष भित्रमा गाउँपालिकाका ६ वटै वडाहरुमा वसोवास गर्ने उपभोक्ताहरुको घरघरमा खानेपानी पुरयाउने गरी दु्रत गतिमा काम गर्ने वताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

हारपछि राउतको ठूलो निर्णय: निर्वाचन नलड्ने तर संगठन बनाउन सक्रिय रहने

हारपछि राउतको ठूलो निर्णय: निर्वाचन नलड्ने तर संगठन बनाउन सक्रिय रहने

जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै उनले अब पद र चुनावी प्रतिस्पर्धाको राजनीतिबाट टाढा रहने स्पष्ट पारेका हुन् । व्यक्तिगत इच्छाविपरीत पार्टीको आग्रहमा २०७९ र...

बर्दिया निकुञ्जमा हराए ५ शिकारी: प्रहरी टोली जङ्गलतर्फ, परिवारमा छटपटी

बर्दिया निकुञ्जमा हराए ५ शिकारी: प्रहरी टोली जङ्गलतर्फ, परिवारमा छटपटी

बर्दिया राष्ट्रिय निकुञ्जको घना जङ्गलमा सिकार खेल्न पसेका सुर्खेतका पाँच जना युवाहरू बेपत्ता भएका छन्। सुर्खेतको बराहताल गाउँपालिका र लेकवेशी नगरपालिका घर भएका यी युवाहरू आइतबारदेखि निकुञ्जभित्र सम्पर्कविहीन भएपछि उनीहरूको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ।...

इनिशा विक हत्या प्रकरण: न्याय माग्दै गृहमन्त्रीकहाँ पुग्यो पीडित परिवार

इनिशा विक हत्या प्रकरण: न्याय माग्दै गृहमन्त्रीकहाँ पुग्यो पीडित परिवार

सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गर्दै पीडित परिवारले गृहमन्त्री ओमप्रकाश अर्यालको ध्यानाकर्षण गराएका छन्। सोमबार गृह मन्त्रालयमा गृहमन्त्रीलाई भेट्दै इनिशाका दाजुहरू चन्द्र बहादुर र तपेन्द्र विकले...