चरिकोटमा रोकिएका गाडी चल्न थाले
मन्थली – दोलखाको चरिकोटमा रोकिएका गाडीहरु बर्षा कम हुने सम्भावना देखिएपछि चल्न थालेका छन् । शनिबारको पहिरोले वीपी लोकमार्ग क्षतिग्रस्त बनेपछि सिन्धुली-रामेछाप हुँदै चरिकोट पुगेर रोकिएका सवारीलाई आजबाट चल्न दिइएको हो । यात्रु र मजदुरको दबाब दिएपछि जिल्ला प्रशासन कार्यालय दोलखा सवारी चल्न दिन बाध्य भएको हो । सिन्धुपाल्चोक प्रशासनसँग समन्वय गरी गाडी चल्न दिइएको कार्यालयले जनाएको छ ।
राति अलपत्र परेका यात्रुहरूलाई स्थानीय होटल र बासिन्दाले निःशुल्क खाना र बासको व्यवस्था गरेका थिए।









