रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले चोरीमा संलग्न मन्थली न.पा.१ बस्ने राम बहादुर कार्की लाई पक्राउ गरेको छ । कार्कीले वैशाख १ गते राती मन्थली नगरपालिका .१ खाँदबारी रणजोर खोला नजिकै बस्ने टिका बहादुर मगरको घरको मूल ढोकाको ताल्चा फुटाई घर भित्र प्रवेश गरी चोरी गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीका अनुसार कार्कीले तामा पितलको गाग्री थान–२ , चरेसको झर्का थाल थान–२ , ढलौटको अम्खोरा थान–२ र अन्य भाँडा बर्तन चोरी गरेका थिए । चोरी गरी पर्सा जिल्ला वीरगन्ज महानगरपालिका २२ का मतियारी बस्ने श्यामबाबु सोनारलाइ बिक्री गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले चोरी गरी बिक्री गर्ने कार्की र खरिद गर्ने सोनारलाई पक्राउ गरी अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...