चिसो बढेसँगै चौरी गोठ सारियो

Written by meropradesh creator

२२ पुष २०७७, बुधबार

रामेछाप । जिल्लाको उत्तरी क्षेत्रको उच्च भुभागमा रहेका चौरी गोठहरु हिमपातसँगै अत्यन्त चिसो वढेपछि अहिले तल्लो भेगमा सारिएको छ ।
लेकाली भु–भागमा तुषारो र हिउँ पर्न थालेपछि उच्च पहाडि क्षेत्रतिर अत्यन्त चिसो बढेकाले अहिले माथिल्लो क्षेत्रबाट तल्लो क्षेत्रमा चौंरीहरु झारिएको चौरींपालक किसानहरुले बताएका छन् । जिल्लाको बाम्ती, गुम्देल, चुचुरे, डडुवा, गौश्वारा लगायतका स्थानमा चौंरी पालक किसानहरुले चिसो छल्नका लागि चौंरी गोठहरु तल्लो क्षेत्रमा सारेको बताएका हुन् । चिसो बढेका कारण चौंरी पालक किसानहरुले कम चिसो हुने तल्लो क्षेत्रतिर गोठ सारेको उमाकुण्ड गाउँपालिका वडा नं–१ की लाक्पा छिरिङ शेर्पाले बताइन ।
तुषारो र हिमपात परेर चिसो बढेकाले चौंरी गाइलाई चिसोबाट जोगाउन माथिल्लो थोदुङ लेकबाट देउरालीतिर सारिएको चुचुरेका किसान नाम्गेल शेर्पाले बताए । तीन हजार ८० मिटरको उचाइमा रहेको थोदुङ लेकबाट २७ सय मिटरको उचाइमा भएको देउराली डाँडामा चौंरी गोठहरु झारिएको छ । देउराली डाँडामा अहिलेको तापक्रम चौंरीका लागि उपयुक्त भएकाले माथिल्लो क्षेत्रबाट यहाँ गोठ सारिएको किसानहरुले बताएका छन् ।


चौरी पालन गर्नको लागि समुन्द्री सतहबाट २ हजार ५ सय मिटर भन्दा माथि र ४ हजार मिटर भन्दा मुनिको उचाइ उपयुक्त हुने भएकाले रामेछापको हकमा उत्तरी क्षेत्रमा वढी मात्रामा चौरी पालिने गरिएको छ । अहिले रामेछापको उच्च हिमाली क्षेत्रमा ८ सय भन्दा बढी चौरीहरु लेकाली जंगलहरुमा रहेको पशु सेवा केन्द्र रामेछापले जनाएको छ ।
चिसो छल्नका लागि चौंरी गोठ झरेसंगै ८ महिनादेखी लेकाली जंगलको विचमा चौंरी गोठमा बस्दै आएका किसानहरु पनि गाउँतीर देखा पर्न थालेका छन् । माथिल्लो क्षेत्रमा चिसो बढेकाले चौंरी गोठसंगै आफहरु पनि गाउँ नजिक झरेको गुम्देलका चौरी किसान निमा शेर्पाले बताए । उनले अव चिसो अबधिभर तल्लो क्षेत्रमा चौंरीसंगै बस्ने र फेरी तापक्रम बढेपछि लेकाली जंगलतिर नै लाग्ने बताए । रामेछाप जिल्लाबाट चौंरी कृषकहरुले बार्षिक रुपमा उत्पादन गरेको ९ हजार लिटर भन्दा बढी दूधबाट चिज, छुप्रि बनाएर विक्रि गर्दै आएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

शान्ति सुरक्षा र नागरिक सन्तुष्टिमा केन्द्रित रह्यो मेरो कार्यकाल: प्रजिअ थापा

शान्ति सुरक्षा र नागरिक सन्तुष्टिमा केन्द्रित रह्यो मेरो कार्यकाल: प्रजिअ थापा

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले आफ्नो एक वर्षे कार्यकाल शान्ति सुरक्षा कायम गर्न, नागरिक सन्तुष्टि दिलाउन र विपद् व्यवस्थापनमा पूर्ण रूपमा सफल रहेको दाबी गर्नुभएको छ। सप्तरी सरुवा भई जान लाग्नुभएका प्रजिअ थापाले सञ्चारकर्मीहरूसँगको बिदाइ भेटघाटमा...

रामपुर स्वास्थ्य चौकी अब किशोरकिशोरी मैत्री, सुरक्षित र गोपनीय परामर्श पाइने

रामपुर स्वास्थ्य चौकी अब किशोरकिशोरी मैत्री, सुरक्षित र गोपनीय परामर्श पाइने

रामेछाप नगरपालिकाको रामपुर स्वास्थ्य चौकीले किशोरकिशोरीहरूको स्वास्थ्य र मनोविज्ञानलाई प्राथमिकता दिँदै विशेष सेवा सुरु गरेको छ। आवश्यक सम्पूर्ण मापदण्ड र गुणस्तर पूरा गरेपछि रामपुर स्वास्थ्य चौकीलाई औपचारिक रूपमा 'किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था' घोषणा गरिएको हो।...

ट्राफिक नियम उल्लंघनको कसुरमा हर्क साम्पाङलाई जरिवाना

ट्राफिक नियम उल्लंघनको कसुरमा हर्क साम्पाङलाई जरिवाना

धरान उपमहानगरपालिकाका पूर्वमेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई) ट्राफिक नियम उल्लंघनको कसुरमा कारबाहीमा परेका छन्। सामाजिक सञ्जालमा उनले एक हातले मोबाइल समातेर भिडिओ खिच्दै बाइक चलाएको दृश्य सार्वजनिक भएपछि तीव्र जनगुनासो बढेको थियो। यसरी...