चिसापानीको सडक किनारामा वृक्षारोपण

१५ असार २०८१, शुक्रबार

रामेछाप । जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिका–८ चिसापानीमा सडक हरियाली तथा सौन्दर्यका बनाउनका लागी वृक्षारोपण गरिएको छ । मन्थली नगरपालिका वडा न ८ चिसापानीका स्थानीय टोल विकास संस्थाहरूको व्यवस्थापनमा वडा कार्यालयको आयोजनामा शुक्रवार सडक छेउमा वृक्षारोपण गरेको छ ।


वडाले सुरु गरेको सडक हरियाली तथा सौन्दर्य बनाउने अभियानमा वडा बासीको उत्साहवर्धक सहभागितामा रहेको मन्थली नगरपालिका–८ वडा अध्यक्ष गोपाल श्रेष्ठले बताउनु भयो ।
लामो समय अलपत्रपछि सम्पन्न भएको मन्थली–चिसापानी–पुरानागाउँ सडक कालोपत्रे भएपछि यो सडकको थप सौन्दर्यका लागि सडक किनारमा वृक्षारोपण अभियान सुरु गरिएको मन्थली नगरपालिका–८ चिसापानीका वडा अध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो ।
चालु आर्थिक वर्ष २०८०÷०८१ मा वडा कार्यालयबाट विनियोजित पाँच लाख रुपैयाँ बजेटबाट साढे ७ किलोमिटर भन्दा बढी कालोपत्रे सडक किनारमा विभिन्न प्रजातिका ६०० बिरुवा टी गार्डभित्र रोपिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । बिरुवा रोपेर मात्रै नहुने भएकाले बिरुवालाई आवश्यक मल जल र रेखदेखका लागि पनि वडा कार्यालयले विशेष योजना बनाएको उहाँले बताउनुभयो ।


अधिकांश वडाहरू अति सुख्खा ग्रस्त रहेको मन्थली नगरपालिकामा यस्ता हरियाली प्रवर्द्धनका कार्यक्रमहरू अभियान कै रूपमा सञ्चालन गर्न अत्यावश्यक रहेको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘१४ वटा वडा रहेको मन्थली नगरपालिकाका अधिकांश वडाहरू अति सुख्खा ग्रस्त छन् । वर्षाको समयमा हरियाली भए पनि सुख्खा याममा भने उराठ लाग्दो हुन्छ । त्यसैले वडाले नागरिक सहभागितामा सुख्खा ठाउँमा माटो सुहाउँदो बोट बिरुवाहरू रोप्ने यस्ता हरियाली प्रवर्द्धनका अभियानहरू चलाउन आवश्यक छ । यसमा मन्थली नगरपालिकाको पनि साथ सहयोग रहन्छ ।’’

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...