चिसापानीका सामाजिक संस्थाले खोले आपतकालिन सेवा केन्द्र

Written by meropradesh creator

११ जेष्ठ २०७८, मंगलवार

रामेछाप । मन्थली नगरपालिका वडा नं ८ चिसापानीका सामाजिक संस्थाहरु मिलेर कोरोना संक्रमितको उपचारको लागि आपतकालिन सेवा केन्द्र संञ्चालनमा ल्याएका छन् ।

गाउँमा कोरोना संक्रमणवाट बिरामी हुनेको संख्या दैनिक रुपमा बढिरहेका बेला उनीहरुले तत्कालको उपचारको लागि आपतकालिन सेवा केन्द्र सञ्चालनमा ल्याएका हुन् । चिसापानीमा रहेको समावेशी बचत तथा ऋण सहकारी संस्था, सिर्जनशिल युवा समाज र चिसापानी जनकल्याण समाज काठमाण्डौं (रामेछाप)ले सयुक्त रुपमा मिलेर गाउँमा कोरोना संक्रमण भएका बिरामीहरुलाई तत्काल राखेर उपचार गर्न उक्त केन्द्र सञ्चालनमा ल्याएको सिर्जनशिल युवा समाजका अध्यक्ष भुवन श्रेष्ठले जानकारी दिए ।


उनका अनुसार आपतकालिन सेवा केन्द्रको लागि मन्थली नगरपालिकाले प्राविधिक सहयोग गरेको थियो । हाल उक्त केन्द्र चिसापानीमा रहेको आयुर्वेद औषाधालयमा स्थापना गरिएको छ । सो केन्द्रमा बिरामीको लागि ३ वेड र आवश्यक अक्सिजन सहितको व्यवस्थापन गरिएको हो ।चिसापानीका तीनवटा सामाजिक संस्थाहरु मिलेर निमार्ण गरिएको उक्त आपतकालिन सेवा संञ्चालनको लागि समावेशी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोपाल श्रेष्ठले मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलानाथ पौडेललाई सामाग्रीहरुको सूची सहितको पत्र हस्तान्तरण गरेका छन् । पछिल्लो समय चिसापानीमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएकाे छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मन्थली नगर कप भलिबल वैशाख ४ देखि

मन्थली नगर कप भलिबल वैशाख ४ देखि

प्रतिनिधिसभा निर्वाचनका कारण स्थगित भएको मन्थली नगर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता वैशाख ४ गते देखि सञ्चालन हुने भएको छ । मन्थली नगर खेलकुद विकास समितिका अनुसार मन्थली माविको खेल मैदानमा हुने यस प्रतियोगिताको तयारीलाई तीव्र पारिएको छ । विगतमा तीन दिनसम्म चल्ने...

रामेछाप जिल्ला प्रशासनद्वारा तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक

रामेछाप जिल्ला प्रशासनद्वारा तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक

जिल्ला प्रशासन कार्यालय रामेछापले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयले माघदेखि चैत्र मसान्तसम्म सम्पादन गरेका प्रमुख कार्यहरूको विवरण आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको हो । प्रशासकीय अधिकृत चुडामणि अर्यालका अनुसार...

रामेछापमा व्यावसायिक कालिज पालनतर्फ युवाको आकर्षण

रामेछापमा व्यावसायिक कालिज पालनतर्फ युवाको आकर्षण

रामेछाप   । रामेछापमा पछिल्लो समय व्यावसायिक कालिज पालनतर्फ युवाहरूको आकर्षण बढ्दै गएको छ। यसै क्रममा खाँडादेवी गाउँपालिका–३ भिरपानीका युवा निरोज खड्का कालिज पालन व्यवसायमार्फत आत्मनिर्भर बन्दै उदाहरणीय बनेका छन्। वैदेशिक रोजगारीको मोह बढिरहेका बेला ३२...