विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको महामारीको बारेमा चीनको वुहान पुगेर अनुसन्धान गर्ने भएको छ । डब्ल्यूएचओले चीनको वुहानबाट गत वर्षको डिसेम्बरबाट फैलिन शुरु गरेको कोरोनाको अवस्थाबारे बुझ्न १० जना अन्तर्राष्ट्रिय वैज्ञानिकहरुलाई खटाउने भएको छ ।
तर चीनले भने डब्ल्यूएचओलाई अझै पनि स्वतन्त्र रुपले कोरोनाका बारेमा अध्ययन अनुसन्धान गर्न स्वीकृति नदिएको बीबीसीले उल्ल्ेख गरेको छ । लामो समय सम्म उक्त टिमलाई अनुसन्धान गर्न भने दिइने भएको छ । त्यो अनुसन्धानमा चीनले कतिसम्म स्वतन्त्रता दिन्छ भन्नेमा आशंका रहेको छ । अन्तर्राष्ट्रिय वैज्ञानिकहरुले जनावरहरुको अत्यधिक व्यापार र खपत हुने वुहान शहरबाटै जनावरहरुको काँचो मासुबाट कोरोना भाइरस सरेको दावी गरिएको छ ।