छात्राबृत्तिको रकम हेडसर गिरीले पारे झ्वाम

Written by meropradesh creator

२१ पुष २०७७, मंगलवार

रामेछाप । मन्थली नगरपालिका–९ पुरानागाउँमा रहेको स्थानापति माध्यमिक विद्यालयलमा अध्यनरत छात्रा र दलित विद्यार्थीको लागि आएको छात्राबृत्ति रकम सोही विद्यालयका प्रध्यानापक रामबाबु गिरीले झ्वाम पारेका छन् ।
सो विद्यालयमा अध्ययनरत छात्रा र दलित विद्यार्थीको नाममा आएको छात्रबृती रकम ६ वर्षदेखी अहिलेसम्म पनि वितरण गरिएको छैन् । प्रअ गिरीले विद्यार्थीको छात्रबृत्ति रकम मात्र हैन विद्यालयको पुस्ताकालय व्यवस्थापनको लागि आएको रकम समेत हिनामिना गरेको पाइएको छ ।
विद्यालयमा वर्षेनी छात्रा र दलित विद्यार्थीहरुको नाममा छात्राबृती रकम आउने गरेको छ । विद्यालयमा आएको रकम २०७२ सालदेखि अहिलेसम्म कुनै पनि विद्यार्थीहरुले पाउन नसकेको स्थानापति माध्यमिक विद्यालयका विद्यार्थी बिशाल विश्वकर्माले जानकारी दिए । उनले भने– सरकारले दलित विद्यार्थीलाई छात्राबृत्ती रकम दिएको छ भन्ने आफुले थाहा छ । विद्यालयमा हाम्रो नाममा रकम नियमित रुपमा आएको पनि छ, तर विद्यालयका हेडसरले उक्त रकम हामीलाई दिएका छैनन् ।
विद्यालयमा अध्यनरत बाबालिकाको नाममा आएको छात्राबृत्ति रकम विद्यार्थीहरुले नपाएपछि पुरानागाउँका अभिभावकहरु विद्यालयमा बुझ्न जाँदा छात्राबृत्तिको लागि आएको सवै रकम जग्गा खरिदमा खर्च भएको भन्दै विद्यालय प्रशासन पन्छिएको मन्थली नगरपालिका वडा नं–९ पुरानागाउँका खडेन्द्रवहादुर कामीले जानकारी दिए ।
उनले भने– विद्यालयले पैसा तिरेर जग्गा किनेको नै छैन् । दलितको नाममा आएको रकम विद्यालयले जग्गा खरिद गरे भनेर टार्न मिल्छ । विद्यालयले जसरी भएपनि विद्यार्थीको नाममा आएको छात्राबृत्ति रकम विद्यार्थीहरुलाई वितरण गर्नुपर्छ । यदि विद्यालयले उक्त रकम विद्यार्थीहरुलाई वितरण नगरेको खण्डमा आफु कानुनी बाटोमा जाने पनि अभिभावक खडेन्द्रले बताए ।
प्रअ गिरीले छात्रा र दलित विद्यार्थीको नाममा आएको छात्राबृत्ति रकम त झ्वाम पारेपारे । त्यसबाहेक माध्यमिक पुस्तकालय स्थापनाको लागि मन्थली नगरपालिका मार्फत गएको ६ लाख ५० हजार र कक्षा कोठा ब्यवस्थापनको लागि आएको १ लाख रुपैयाँ समेत झ्वाम पारेका छन् । यसबाहेक विद्यालयमा विज्ञान प्रयोगशालाका सामग्री खरिदका लागि आएको २ लाख रुपैयाँ बजेट समेत प्रधानाध्यापक गिरीले अपचलन गरेको अर्का अभिभाबक हर्कबहादुर सुनेलले जानकारी दिए ।
विद्यालयमा आएको रकमबाट विज्ञान प्रयोगशालाको सामाग्री खरिद गर्न दुई वर्ष पहिले प्रअ गिरीले आफ्नै नेतृत्वमा खरिद समिति बनाएका थिए । सामाग्रीहरु खरिद नै नगरी सामाग्री खरिद गरेको बिल बनाएर रकम भने भुक्तानी गरेका छन् । त्यस्तै पुस्तकालय ब्यवस्थानको लागि आएको ६ लाख ५० हजार रुपैयाँ बजेट गएको असार ३१ गते चेक काटेर प्रअ गिरीले झ्वाम पारेका छन् ।
विद्यालयमा के–कती रकम आयो र कुन कुन शिर्षकमा खर्च भयो भन्ने बिषयमा आफुहरुलाई केही पनि जानकारी नै नभएको स्थानापति माध्यमिक विद्यालयका सहायक प्रध्यानपक दिलवहादुर अच्छामीले जानकारी दिए । उनले भने– विद्यार्थीलाई दिन बाँकी रहेको छात्राबृत्तिको रकम एकमुष्ठ दिने भन्ने कुरा छ ।
विद्यालयमा पठाएको छात्राबृत्ति रकम र पुस्ताकालय स्थापनाको लागि गएको रकम हिनामिना गरेको बिषयमा मन्थली नगरपालिकाले तत्काल छानविन गर्ने र दोषी भेटिएमा कानुन अनुसार कारवाहीको प्रक्रियामा जाने मन्थली नगरपालिकाका महाशाखा प्रबन्धक हेमन्त बुढाथोकीले जानकारी दिए ।
विद्यालयमा आएको छात्राबृत्ति रकमले विद्यालयको लागि जग्गा खरिद गर्ने विद्यालय व्यवस्थापन समितिको निर्णय बमोजीम नै जग्गा खरिद गरिएको स्थापति माध्यमिक विद्यालयका प्रअ रामबाबु गिरीले जानकारी दिए । उनले भने– कानुन मात्रै हेरेर हुँदैन, कहिलेकाहिँ त व्यवहार पनि हेर्नु परो नी ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

हारपछि राउतको ठूलो निर्णय: निर्वाचन नलड्ने तर संगठन बनाउन सक्रिय रहने

हारपछि राउतको ठूलो निर्णय: निर्वाचन नलड्ने तर संगठन बनाउन सक्रिय रहने

जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै उनले अब पद र चुनावी प्रतिस्पर्धाको राजनीतिबाट टाढा रहने स्पष्ट पारेका हुन् । व्यक्तिगत इच्छाविपरीत पार्टीको आग्रहमा २०७९ र...

बर्दिया निकुञ्जमा हराए ५ शिकारी: प्रहरी टोली जङ्गलतर्फ, परिवारमा छटपटी

बर्दिया निकुञ्जमा हराए ५ शिकारी: प्रहरी टोली जङ्गलतर्फ, परिवारमा छटपटी

बर्दिया राष्ट्रिय निकुञ्जको घना जङ्गलमा सिकार खेल्न पसेका सुर्खेतका पाँच जना युवाहरू बेपत्ता भएका छन्। सुर्खेतको बराहताल गाउँपालिका र लेकवेशी नगरपालिका घर भएका यी युवाहरू आइतबारदेखि निकुञ्जभित्र सम्पर्कविहीन भएपछि उनीहरूको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ।...

इनिशा विक हत्या प्रकरण: न्याय माग्दै गृहमन्त्रीकहाँ पुग्यो पीडित परिवार

इनिशा विक हत्या प्रकरण: न्याय माग्दै गृहमन्त्रीकहाँ पुग्यो पीडित परिवार

सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गर्दै पीडित परिवारले गृहमन्त्री ओमप्रकाश अर्यालको ध्यानाकर्षण गराएका छन्। सोमबार गृह मन्त्रालयमा गृहमन्त्रीलाई भेट्दै इनिशाका दाजुहरू चन्द्र बहादुर र तपेन्द्र विकले...