रामेछाप । छैटौँ राष्ट्रपति रनिङ शिल्ड रामेछापको उपाधि गौरीशङ्कर माध्यमिक विद्यालय रामेछापले आफ्नो कब्जामा राख्न सफल भएको छ । गौरीशङ्कर मा.वि ले विगतका वर्षहरूमा पनि उपाधि जितै आएका थिए । छैटौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि पनि गौरीशङ्कर मा बिले आफ्नो पक्षमा पारेको छ ।
नगर भित्रका १३ वटा माध्यमिक विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा गौरीशङ्कर माध्यमिक विद्यालयले विभिन्न खेलमा ३३ स्वर्ण, २७ रजत र २५ कांस्य पदक प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा द्धितिय भएको जनता मावि कोलन्जोरले १२ स्वर्ण, ८ रजत र ६ कांस्य पदक प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा तृतीय भएको भँगेरी माविले ८ स्वर्ण, ११ रजत र २४ कांस्य पदक जित्न सफल भएको छ ।
प्रतियोगितामा भलिबल, कबडी, एथलेटिक्स,छात्र÷छात्रा रिले दौड,तेक्वान्दो ,हाई जम्प, लङ जम्प, त्रीपलजम्प, ज्याभलिङ थ्रो, सट पुट लगायतका खेलहरू खेलाइएको थियो । प्रतियोगितामा विजयी खेलाडी तथा विद्यालयलाई प्रतिनिधि सभा सांसद पूर्ण बहादुर तामाङ(कान्छाराम),जिल्ला समन्वय समितिका प्रमुख चिना खडका,रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने,उपप्रमुख कुमारी कार्की र प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरेले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो ।