छाडा कुकुरको बन्ध्याकरण र रेबिज खोप शिबिर शुरु

Written by meropradesh creator

१३ कार्तिक २०७८, शनिबार

रामेछाप । सदरमुकाम मन्थलीमा छाडा छोडिएका कुकुरहरुले यत्रतत्र नागरिकहरुलाई टोक्न थालेपछि मन्थली नगरपालिका पशुसेवा शाखा मन्थलीले छाडा कुकुरहरुको बन्ध्याकरण शिविर शुरुवात गरेको छ ।


मन्थली नगरपालिका पशु सेवा शाखा मन्थलीको आयोजना गरेको उक्त शिविरमा ५० प्रतिशत साझेदारीमा नेपाल एमिनल वयलफेयर एण्ड रिसर्च सेन्टर (नार्क) बनेपा, काभ्रेपलाञ्चोकको प्राविधिक सहयोगमा शुक्रवार देखी मन्थलीको पशुसेवा शाखा कार्यालयमा शिविर शुरु गरिएको हो । शिबिर कार्तिक १६ गतेसम्म संचालन हुने पशुसेवा शाखा मन्थलीले जनाएको छ ।


गाउँतीरबाट सदरमुकाम मन्थली झरेका कुकुरहरु यतै बस्ने र नागरिकहरुलाई टोक्न थालेपछि पशुसेवा शाखा मन्थलीले रेविज विरुद्धको खोप शिबिर संञ्चालन गर्नुपरेको हो । सदरमुकाम मन्थलीमा शुरु भएको शिविर यहाँ सम्पन्न भएपश्चात पालिकाको अन्य वडाहरुमा पनि संचालन गरिने मन्मन्थली नगरपालिका पशुसेवा शाखाका पशु सेवा प्राविधिक रोहिणीराज चापागाईले जानकारी दिए ।

उनले भने– शिविरमा बजारमा यत्रतत्र हिडेका कुकुरहरुलाई पशुसेवाका कर्मचारीहरुले जाल हानेर नियन्त्रणमा लिने र ती कुकुरहरु मध्ये भाले कुकुरलाई बन्ध्याकरण गर्ने र पोथी कुकुरलाई रेविज बिरुद्धको भ्याक्सीन लगाएर छाडिदिने गरिएको छ । शिविरमा छाडा कुकुर अलावा घरमा पालिएका कुकुर धनीहरुलाई पनि आफुले पालेको कुकुरलाई रेविज विरुद्धको भ्याक्सिन लगाउन पशुसेवा शाखा कार्यालयमा लिएर आउन आग्रह समेत गरेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

हेटौंडा,- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकले...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...