छ घण्टामा आउने रिर्पोट तिन दिनमा पनि आएन

Written by meropradesh creator

२३ बैशाख २०७८, बिहीबार

हिमाल ढुंगेल
रामेछाप २३ बैशाख । परिक्षण शुरु गरेको छ घण्टा भित्रमा आउने पिसिआर रिर्पोट रामेछापका नागरीकले भने तिन दिनमा पनि पाउन सकेका छैनन् ।  पिसिआर रिर्पोट समयमा नै नआउँदा एकातर्फ संक्रमण फैलने डर हुन्छ भने अर्कातर्फ पिसिआरका लागि स्वाब दिएका व्यक्ति र परिवारका लागि तनाव त्यत्तिनै हुने गरेको छ । समान्यतया स्वाब दिएको ६ घण्टामा यसको रिर्पोट आउने जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्ण बताउँनुहुन्छ, तर रामेछापबाट पिसिआरका लागि स्वाब पठाएको ३ दिनमा पनि रिर्पोट आउने गरेको छैन ।
पिसिआरका लागि आफुले स्वाब पठाएको तिन दिन वितिसक्दा पनि रिर्पोट नआउँदा आफुलाइ मानसिक तनाव भएको नेपाल पत्रकार महासंघ रामेछापका कोषाध्यक्ष युवराज श्रेष्ठ बताउँनुहुन्छ । उहाँले आफुलाइ मात्र नभएर परिवारका सदस्यलाई पनि त्यत्तिक्कै तनाव हुने गरेको बताउनु भयो । छिमेकी जिल्लाहरुमा पिसिआर परिक्षणका लागि मेसिन प्रयोगमा आइसक्दा पनि रामेछाप जिल्लामा भने मेसिन ल्याउने कुराको अत्तो पत्तो छैन । मेसिन खरिदका बिषयमा सरकारका जिम्मेवार निकायहरु प्रयास भइरहेको सतही जवाफ दिएर पन्छने गरेका छन् ।
पिसिआर मेसिन खरिद वा अन्य कुनै बिकल्पका बिषयमा आफुले प्रयास गरिरहेको बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताउनु भयो । यता जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जितेन्द्र कर्ण भने लामो समयदेखीको आफ्नो प्रयास सफल हुन नसकेको बताउनु हुन्छ । मेसिन खरिदका लागि केहि स्थानीय तहका प्रमुखहरुले ५ देखी १० लाख सम्म सहयोगको आश्वासन दिएको भएपनि अधिकांश स्थानीय तहहरुले पैसा नभएको भन्दै टार्ने गरेको जनस्वास्थ्य प्रमुख कर्ण बताउँनुहुन्छ । संक्रमणको दर दैनिक रुपमा बढ्दै जाँदा नागरीकहरुले स्वाब परिक्षणका लागि आवश्यक पर्ने पिसिआर मेसिन खरिदका लागि कुरा उठाउँदा पनि आफ्नो आवाज कमजोर भएको नागरीक अगुवाहरु बताउँछन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

मन्थली, रामेछाप। प्रेस चौतारी नेपाल रामेछापद्वारा स्थापित ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेललाई प्रदान गरिएको छ। प्रेस चौतारी नेपाल रामेछापले ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार मन्थलीमा आयोजित विशेष...

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

रामेछाप, ६ साउन। रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ पुलुमा कटहर टिप्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–३ घर भई हाल लिखुतामाकोशी गाउँपालिका–२ पुलुस्थित आफ्नी सानिआमा लिलामाया...

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछाप  । रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडीस्थित मन्थली–रामेछाप सडकखण्डमा स्कुटरले जंगली मृगलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। आज बिहान  मच्छेडाँडीबाट मन्थलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०६७ प १६२३ नम्बरको स्कुटर अगाडि एक्कासि मृग आएपछि...