चारबर्ष अघि शुरु गरेको मोटरेबल पुल अलपत्र

Written by meropradesh creator

६ माघ २०७७, मंगलवार

रामेछाप । जिल्लाकै दुर्गम क्षेत्र मानिएको उमाकुण्ड गाउँपालिका वडा नं–१ गुम्देलको क्यामा खोलामा निमार्णाधिन पक्की मोमरेबल पुल ठेकेदारको चरम लापरवाहिका कारण चार वर्षदेखी अलपत्र अवस्थामा रहेको छ ।
उक्त पुल निमार्ण गर्न ३ वर्ष अघि तत्कालीन जिल्ला विकास समिति मार्फत संचालित स्थानीय सडक पुल कार्यक्रम अन्तर्गत सो पुलको टेण्डर आव्हान गरिएको थियो । कार्यालयले प्रकाशन गरेको सूचनाको आधारमा खम्पाचे थापा जेभीले उक्त पुल निमार्ण गर्ने जिम्मेवारीका साथ सम्झौता गरेको थियो । निमार्ण व्यवसायीले काम शुरु गरेको केही समयमा नै काम रोकेपछि उक्त काम अहिलेसम्म अलपत्र अवस्थामा रहेको हो ।
निमार्ण व्यवसायीले क्यामा खोलामा एकतर्फ पुलको जग हालि छोडेर हिडेपछि अहिले ती जगमा प्रयोग भएका रडहरु खियाले खाएर छियाछिया भएका छन् भने वाटो हिड्ने वटुवाले रड हल्लाउँदा केही भाचिएका छन् त केही बाङ्गिएका समेत छन् । पुलको उत्तर तर्फको जगको केही भाग काम भएता पनि दक्षिण तर्फको काम भने केही भएको छैन् । पुल निमार्णको लागि पटकपटक ताकेता गर्दा समेत निमार्ण व्यवसायीले कुनै वास्ता नगरेको उमाकुण्ड गाउँपालिका वडा नं–१ गुम्देलका वडा अध्यक्ष नुर्बु शेर्पाले वताए ।
उनले भने– यो दुर्गम गाउँमा न सरकारको आँखा पर्छ न कुनै विकासका कामहरु हुन्छन् । भएको एउटा पुल पनि ३ वर्ष देखी अलपत्र अवस्थामा रहेको छ । पुल निमार्णको काम सम्पन्न गरिदिन आफु धेरै निकायमा धाउँदा समेत कामले गति लिन नसकेको अध्यक्ष शेर्पाले जानकारी दिए ।
पुलको काम शुरुवात गरेर विचमै छाडेका निमार्ण व्यवसायीले तत्कालीन जिल्ला विकास समिति विघटन भएको र स्थानिय पुल कार्यक्रमले समेत रामेछापवाट कार्यक्रम बहिर्गमन भएको बहानाबाजी गरी पुलको काम रोकेको गुम्देलका वडा सचिव गणेश थापाले जानकारी दिए । उलने भने–तत्कालिन जिल्ला विकास समिति विघटनको मौका छोपी निमार्ण व्यवसायीले काम छोडेका हुन् ।
तीन वर्षदेखी अलपत्र परेको उक्त पुल हेर्ने जिम्मेवारी अहिले प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालयले जिम्मेवारी पाएको छ । गुम्देलको क्यामा खोलामा निमार्णाधिन पक्की मोटरेवल पुल निमार्णको लागि ५३ लाख रुपैयाँको अख्तियारी कार्यालयमा प्राप्त भएकाले साविककै ठेक्का सम्झौता वमोजिम उक्त काम अघि वढाइने पूर्वाधार विकास कार्यालय रामेछापका प्रमुख सोमराज तिमिल्सेनाले जानकारी दिए ।
उत्तरी क्षेत्र गुम्देलको क्यामामा निमार्णाधिन उक्त पुल निमार्ण सम्पन्नभएपछि गुम्देल–क्यामा र लाहाछेवरका नागरिकहरुलाई आवात जावतमा सहज हुनेछ । क्यामा खोलामा पुल नहुँदा गुम्देलवाट ७ घण्टाको पैदल हिडेर लाहाछेवरसम्म नागरिकहरु हिड्न विवश छन् । त्यसैगरी ती क्षेत्रमा उत्पादन भएका कृषि उपजहरु किसानहरुले वजारसम्म लैजान समेत पाएका छैनन् ।
पुल निमार्ण नहुँदा किसानहरुले अहिले डोकाको भरमा उत्पादित वस्तुहरु ओसार पसार गर्ने गरेका छन् । उक्त लेकाली क्षेत्रमा उत्पादन हुने आलु, छुर्पी, वा, चिज, सेतो सिमी, फापर लगाएतका वस्तुहरु वढी मात्रामा उत्पादन हुने गर्दछन् । उत्तरी क्षेत्रमा पर्ने गुम्देल जाने सवै सडक कच्ची र उच्च हिमाली भुभाग भएका कारण वर्षातको समयमा प्रयाप्त वर्षात हुने र हिउँदको समयमा मात्रै सवारीसाधनहरु संचालन हुने गरेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

ललितपुर । ललितपुरस्थित डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान तीव्र बनाएको छ । सोमबार कलेजको चौथो तलाबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारका क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ‘सुशासन, प्रविधि र उत्पादन’लाई मुख्य प्राथमिकतामा राख्दै...