मन्थली- शुक्रबारदेखि भारी बर्षा हुने सम्भावना देखिएपछि रामेछापमा पनि सतर्कता अपनाउन आग्रह गरिएको छ ।जिल्ला प्रशासन कार्यालय रामेछापले एक सूचना जारी गर्दै भारी बर्षाका कारण विपत्ति निम्तिने खतराबाट जोगिन आग्रह गरेको हो । शुक्रबारदेखि चार दिन रामेछापसहित देशका धेरै स्थानमा भारी बर्षा हुने जल तथा मौसम विज्ञान विभागले पुर्वानुमान गरेको छ । यो अबधीमा बाढीपहिरोको जोखिम रहेकोले सुरक्षित र सतर्क रहन सूचनामा उल्लेख छ । यसले यातायात सेवा पनि प्रभावित हुने सम्भावना उच्च रहेको कार्यालयले जनाएको छ । साथै विपद्को सामना गर्न आवश्यक स्रोत साधन र जनशक्ति तयार गर्न सरोकारवालालाई कार्यालयले निर्देशन दिएको छ ।










