चालु शैक्षिक सत्र जेठमसान्तसम्म हुने

Written by meropradesh creator

६ फाल्गुन २०७७, बिहीबार

रामेछाप । शिक्षा मन्त्रीस्तरीय निर्णयबाट चालु २०७७ सालको शैक्षिक सत्रलाई आगामी जेठ मसान्तसम्म कायम गरिने भएको छ ।
सरकारले शिक्षा (नवौं सशोधन) नियमावलीमा महामारी वा यस्तै अन्य विपद् वा विकट हिमाली क्षेत्रका कारण शैक्षिक सत्र परिवर्तन गनुपर्ने अवस्था भएमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र परिर्वतन गर्नसक्ने व्यवस्था गरेको छ ।संशोधित नियमावली फागुन ३ गते राजपत्रमा प्रकाशित भएको छ ।
संशोधित नियमावली अनुसार चालु शैक्षिक सत्रलाई आगामी जेठ मसान्तसम्म लम्ब्याइने र आगामी शैक्षिक सत्र २०७८ साल असार १ गतेबाट शुरु भई शैक्षिक सत्रको अन्त्य सोही वर्षको चैत मसान्तमा हुने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । उनले भने– अब कक्षा ८, एसईई, कक्षा ११ र १२ का वार्षिक परीक्षा आगामी जेठ मसान्तभित्र गरिसक्नुपर्छ । कुन परीक्षा कति गते लिने भन्ने बिषयमा सम्वन्धित परीक्षा नियन्त्रण कार्यालयले नै तय गर्ने भएकाले आ–आफ्नो तालिका निमार्ण गरेर परीक्षा लिन सकिने छ ।
विद्यार्थीहरुले जुन विद्यालयवाट सिकाई गरेको हो सोही विद्यालयबाट एसईईमा सम्मिलित हुन पाउने व्यवस्था छ । शिक्षा मन्त्रालयले ल्याएको आकस्मिक शैक्षिक कार्ययोजनाअनुसार कतिपयले आफू पायकका विद्यालयले सञ्चालन गरेका भर्च्युअल कक्षामा सहभागी समेत भएका थिए । त्यस्ता विद्यार्थीलाई कक्षा ९ मा रजिष्ट्रेसन फाराम नभरेका विद्यालयबाट एसईई परीक्षामा सहभागी हुन अब समस्या नपर्ने गरी मन्त्रालयले नियमावलीमा समेत संशोधन गरेको हाे ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो

रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो

रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो मन्थली, जेठ ६ गते । राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सञ्चालित राष्ट्रिय आर्थिक गणना कार्यक्रम अन्तर्गत रामेछाप जिल्लामा कुल ७५ प्रतिशत कार्य सम्पन्न भएको छ। गत वैशाख ३ गतेदेखि जिल्लाभर सुरु भएको गणना कार्य अन्तर्गत हालसम्मको...

निलम्बन भोग्न तयार छौँ तर सरकारलाई जबाफदेही बनाएरै छाड्छौँ: हर्क साम्पाङ

निलम्बन भोग्न तयार छौँ तर सरकारलाई जबाफदेही बनाएरै छाड्छौँ: हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई संसदप्रति उत्तरदायी बनाउन आफूहरू निलम्बन भोग्न समेत तयार रहेको बताएका छन्। सिंहदरबारमा सञ्चारकर्मीसँग बोल्दै उनले जनताका प्रश्नहरूलाई दबाउन खोजिएको भन्दै सभामुखको रुलिङप्रति असन्तुष्टि जनाए। सुकुम्वासी समस्या,...

सगरमाथा आरोही अनिता कार्कीलाई गोकुलगंगा गाउँपालिकाद्वारा बधाई

सगरमाथा आरोही अनिता कार्कीलाई गोकुलगंगा गाउँपालिकाद्वारा बधाई

रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरेकी सशस्त्र प्रहरी सहायक हवलदार तथा राष्ट्रिय फेन्सिङ खेलाडी अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । उहाँले वैशाख ४ गते सोमबार बिहान १०:२० बजे सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेक्नुभएको हो ।...