रामेछाप । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पत्रकार लगायत अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई आज देखी बुस्टर डोज खोप लगाउन जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्रचार गरेको छ । जिल्ला स्वास्थ्य कार्यलय रामेछापले भने जिल्लामा समन्वय नगरि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पत्रचार गरेको जनाएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुबन थापाले भने स्वास्थ्य कार्यलयहरु संग समन्यव नगरी पत्रचार भएको छ । आज बाट हामी खोप लगाउन सक्दैनौं । किनकी रामेछापमा खोप सकिएको छ । हामी खोप मगाएका छौं खोप आएपछी मात्र कहिले बाट लगाउने जानकारी गराउनेछौं जनस्वास्थ्य अधिकृत थापाले भने । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई माघ २ गतेदेखि अग्रपङ्क्तिमा खटिनेहरुलाई बुस्टर डोज खोप दिन भनेको छ । मन्त्रालयका अनुसार ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई भने माघ १४ गतेदेखि बुस्टर डोज दिने तयारी गरिरहेको जनाएको छ ।
पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको हो, बुस्टर डोजमा पनि त्यही खोप दिइनेछ । पूर्ण खोप लगाएको ६ महिना भइसकेकालाई बुस्टर डोज दिन लागिएको हो ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...