बुधबार क–कसलाई लगाइन्छ कोरोनाविरुद्धको खोप

Written by meropradesh creator

१२ माघ २०७७, सोमबार

रामेछाप । सरकारले कोरोनाविरुद्धको खोप लगाउने तयारी तीव्र रुपमा अगी बढाएको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानकोरुपमा देश भर कोरोनाविरुद्धको खोपको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।
खोप अभियानको रुपमा शुरु भए संगै पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप लगाइने खोपविज्ञ डा. श्यामराज उप्रेतीले बताए । ‘स्वास्थ्यकर्मीलाई सुरक्षित राख्यो भने मात्र अरुलाई जोगाउन सकिने भएकोले पहिलो चरणमा स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेको खोपविज्ञ डा.उप्रेतीले बताए ।
खोप अभियानका लागि भारतले दिएको १० लाख डोज ‘कोभिसिल्ड’ खोप सरकारले प्रदेश प्रदेशमा सोमबार पु¥याइ सकेकोे छ । प्रदेशबाट मंगलबार बेलुकासम्म सबै जिल्लामा खोप पुगिसक्ने स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप महाशाखा प्रमुख डा. झलक गौतमले जानकारी दिए । ‘आज (सोमबार) बेलुकासम्म सबै प्रदेशमा खोप पुगेको गौतमले बताए । भोलि बेलुकासम्म सबै जिल्ला(जिल्लमा पु¥याउने तयारी भएको गौतमको भनाई रहेको छ ।
खोप महाशाखा प्रमुख डा.गौतमका अनुसार सातवटै प्रदेशमा ४ लाख ३० हजार नागरिकका लागि पुग्नेगरी खोप पठाइएको छ । ‘४ लाख ३० हजारलाई पुग्ने गरी खोप पठाएका उनको भनाई छ । खोपलाई अभियानको रुपमा अस्पताल केन्द्रित भएर चलाउने उनले बताए ।’ खोप महाशाखा प्रमुख डा.गौतमका अनुसार पोखरमा ४ हजार, बुटवलमा ८ हजार ८ सय, नेपालगञ्जमा २ हजार ६ सय, धनगढीमा ३ हजार ६ सय, हेटौँडामा ७ हजार ६ सय र विराटनगरमा ९ हजार ६ सय भाइल खोप पुगिसकेको छ । काठमाडौं वरिपरिका १० जिल्लाका लागि १२ हजार ५ सय भाइल खोप छुट्याइएको छ । जस मध्य काठमाडौं उपत्यकामा १७ वटा खोप केन्द्र तय गरिएको बताएका छन् ।
काठमाडौंमा १२ वटा, ललितपुरमा तीन र भक्तपुरमा दुईवटा केन्द्र निर्धारण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौंको टेकु अस्पताल, वीर अस्पताल, प्रसूति गृह, गंगालाल अस्पताल, नेपाल प्रहरी अस्पताल, टिचिङ अस्पताल, आर्मी अस्पताल, सशस्त्र प्रहरीको अस्पताल, आयुर्वेद तालिम केन्द्र कीर्तिपुर, सिभिल अस्पताल, नेपाल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजबाट खोप लगाइनेछ । त्यस्तै, भक्तपुरमा कोरियन अस्पताल र भक्तपुर अस्पतालबाट खोप लगाइनेछ । ललितपुरमा भने किस्ट मेडिकल कलेज, आनन्द वन अस्पताल र पाटन अस्पतालबाट खोप लगाइनेछ । अन्य जिल्लाको हकमा भने जिल्ला अस्पतालबाट खोप लगाइने महाशाखाले जनाएको छ । धेरै अस्पताल भएको ठाउँमा भने खोप केन्द्र थप गरिने महाशाखा प्रमुख डा. गौतमले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला’ आयोजना हुने

रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला’ आयोजना हुने

रामेछाप : प्रारम्भिक बालविकासका क्षेत्रमा अभिभावकलाई सचेत र जागरुक बनाउने उद्देश्यले रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला तथा प्रदर्शनी’ आयोजना हुने भएको छ। रामेछाप नगरपालिका र सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको संयुक्त आयोजनामा आगामी वैशाख ३१ गते यो कार्यक्रम...

गृहमन्त्री सुधन गुरुङको राजीनामा: बालेन सरकारबाट बाहिरिए

गृहमन्त्री सुधन गुरुङको राजीनामा: बालेन सरकारबाट बाहिरिए

प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रिमण्डल गठनकै दिन जिम्मेवारी सम्हालेका गृहमन्त्री सुधन गुरुङ अन्ततः पदबाट बाहिरिएका छन्। सुरुवातमा उच्च पदस्थ कर्मचारीहरूमाथि कडा कारबाही गरेर निकै वाहवाही बटुलेका गुरुङ पछिल्लो समय भने विभिन्न विवादका कारण आलोचनाको घेरामा परेका थिए।...

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

यातायात व्यवस्था विभागले हालै वृद्धि गरिएको सार्वजनिक सवारीको भाडा विद्युतीय सवारी साधनमा लागू नहुने स्पष्ट पारेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण चैत २५ देखि डिजेलबाट चल्ने सवारीमा मात्र भाडा बढाइएको भए पनि केही विद्युतीय सवारीले गैरकानुनी रूपमा बढी भाडा...