बसु रोटरी सुशासन अवार्डद्धारा पत्रकारद्धय शिवाकोटी र रिजाल सम्मानित

Written by meropradesh creator

८ फाल्गुन २०७७, शनिबार

रामेछाप । रोटरी इन्टरनेशलन डिष्ट्रिक्ट ३२९२ नेपालले बसु रोटरी भोकेशलन सुशासन अवार्ड पाएर हाम्राकुरा डटकमका प्रधानसम्दक अजयबाबु शिबाकोटी सम्मानित भएका छन् ।
स्वतन्त्र पत्रकारिताको माध्यमवाट खोजमुलक, अनुसन्धानमुलक सूचना प्राप्त गरि समाचार प्रकाशित तथा प्रसारण गरि देश र जनतलाई सुसूचित बनाउन तथा शुसासन स्थापनामा महत्वपूर्ण भूमिका खेलेको भन्दै पत्रकार शिवाकोटीलाई नगद ५ लाख रुपैयाँ सहित सम्मान–पत्रले सम्मानित गरिएको हो ।
पत्रकार शिवाकोटी सँगै आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजाल पनि उक्त अवार्डवाट सम्मानित भएका छन् । आर्थिक दैनिकका सम्पादक रिजालले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको बिसयमा पहिलो पटक समाचार सार्वजनिक गरेका थिए । ललिता निवास जग्गा प्रकरणमा अहिले दर्जनौ नेताहरु र प्रतिष्ठत व्यक्ति समेत बिवादमा तानिएका छन् भने सो बिषयलाई लिएर अहिले सर्वोच्च अदालतमा मुद्धा समेत चलिरहेको छ ।
पत्रकार शिवाकोटीले तत्कालिन संचार तथा सूचना मन्त्री गोकुल बाँस्कोटा र सभामुख कृष्ण बहादुर महरा प्रकरणको बिषयलाई लिएर पहिलो पटक समाचार प्रकाशन गर्ने प्रधान सम्पादक शिवाकोटीलाई रोटरी वर्ष २०१९–२० को अवसर पारेर ५ लाख रुपैयाँ नगद सहित अवार्ड प्रदान गरिएको हो ।
रोटरी इन्टरनेशनलले प्रत्येक वर्ष एकजनालाई प्रदान गरिने एकमुष्ठ दश लाख रुपैयाँ राशीको अवार्ड रोटरी वर्ष २०१९–२० मा दुई पत्रकारलाई बितरण गरेको हो । रोटरी इन्टरनेशनलका अध्यक्ष शेखर मेहता, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, अवार्डका संस्थापक तथा रोटरी क्लब अफ यल (पाटन ललितपुर) का पूर्व अध्यक्ष सुरेन्द्र गोबिन्द जोशी, श्रीमती बद्रीलक्ष्मी जोशी लगाएतको टोलीले पत्रकारद्धय शिवाकोटी र रिजाललाई पुरस्कार रकम र सम्मान–पत्रले सम्मानित गरेको हो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

ललितपुर । ललितपुरस्थित डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान तीव्र बनाएको छ । सोमबार कलेजको चौथो तलाबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारका क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ‘सुशासन, प्रविधि र उत्पादन’लाई मुख्य प्राथमिकतामा राख्दै...