बस्ति बस्तिमा मन्थली बचतको साधरण सभा

Written by meropradesh creator

११ मंसिर २०७८, शनिबार

रामेछाप । मन्थली वचत तथा ऋण सहकारी संस्थाले बस्ति बस्तिमा पुगेर साधरण सभा सञ्चालन गरीरहेको छ । करिब १५ हजारको संख्यामा शेयर सदस्य रहेको सहकारी संस्थाल गाउँ गाउँमानै पुगेर आफनो साधारण सभा गर्न लागेको हो । संस्थाले आफना पदाधिकारीहरुको नेतृत्वमा ३ वटा टोली बनाएर सबै वडाका बस्तिहरुमा पुगेर छुट्टा छुट्टै साधारण सभा गरीरहेको छ ।
गत विहिबार बाट साधारण सभाको अभियान शुरु गरेको संस्थाले शनिबार सम्ममा भलुवाजोर,सुनारपानी,रामेछाप,नागदह विजुलिकोट,फुलासि,गेलु, चनुखु र पुराना गाउँमा पुगेर साधारण सभा सम्पन्न गरेको संस्थाका सचिब गोविन्द घिमिरेले जानकारी जानकारी दिए ।
संस्थाका शेयर सदस्य धेरै भएको र एकै ठाउँमा बसेर साधारण सभा गराउन असजिलो हुने र कानुनमा पनि सोहि ब्यवस्था भएकोले आफुहरुले बस्ती बस्तीमा पुगेर साधारण सभा गरि रहेको जानकारी दिए । साधारण सभा संस्थागत रुपमा भएका सबै निति, विधिको आधारमा भएको जानकारी गराए ।
मन्थली नगरपालीकाका १४ वटै वडा,रामेछाप नगरपालीकाका वडा नं ६,७,८ र ९ ,लिखु तामाकोशी गाउँपालिकाको वडा नं ३,४,५,र ७ तथा खाँडादेवी गाउँपालीकाको ४ र ५ मा कार्यक्षेत्र रहेको सहकारीले साधारण सभामा संस्थाको बार्षिक प्रगति र भावि कार्यक्रमका बारेमा जानकारी गराएको छ । कोभिड महामारीका विच पनि संस्थाले सबै खर्च कटाएर ५८ लाख १४ हजार ८ सय ६२ रुपैयाँ मुनाफा कमाउन सफल भएको छ ।
संस्थामा शेयर पुँजि ९ करोड ६ लाख ६८ हजार २ सय,बचत संकलन ८२ करोड ५० लाख ९५ हजार २ सय ३१ रुपैयाँ र ऋण लगानी ६४ करोड ३९ लाख २९हजार ७८ गरि कुल सम्पति ९८ करोड ७७ लाख ३९ हजार ३ सय ६० रुपैयाँ रहेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...