बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो

Written by meropradesh creator

२१ असार २०७९, मंगलवार

रामेछाप । जिल्लाको सुनापती गाउँपालिका–३ हिलेदेवीवाट काठमाण्डौं तर्फ जादै गरेको बा ३ ख ८३९६ नम्वरको यात्रुवाहक बस खाँडादेवी गाउँपालिका–१ लुभुघाटमा मगंलवार बिहान दुर्घटना परी मृत्यु हुनेको संया १३ पुगेको छ ।


गाडी दुर्घटनामा परी ९ जनाको घटनास्थलमा र ४ जनाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । रामेछापको सुनापति गाउँपालिकाको हिलेदेवीको स्वारावाट काठमाण्डौंको लागी छुटेको यात्रुवाहक बस खाडाँदेवी गाउँपालिकाको लुभुघाट सडकको मोडबाट करीव १ सय मिटर तल भिरमा खसी दुर्घटना भएको हो । दुर्घटनामा परी गाडीमा सवार २४ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनालाई हेलिकोप्टर मार्फत र बाँकी २१ जनालाई एम्वुलेन्स र जीपमा राखेर उपचारको लागि धुलीखेल अस्पताल पठाइएको छ । केही घाइते सामान्य भएकाले स्थानिय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


गाडी दुर्घटनापछि उद्धारको लागि रामेछापका प्रमुख जिल्ला अधिकारी दीपकराज पहाडीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङ, शसस्त्र प्रहरी मन्थली आश्रीत गुल्मका प्रहरी नायव उपरीक्षक केशवराज प्याकुरेल लगाएतको टोली घटनास्थल पुगेको थियो । यात्रुवाहक वसमा कती यात्रु सवार थिए र गाडी दुर्घटना के–कती कारणले भयो भन्ने खुलेको छैन । तर प्रत्यक्ष दर्शीका अनुसार करीव ४० जना यात्रुहरु उक्त बसमा रहेको जनाइएको छ ।


मृत्यु भएका सबै जनाको सनाखत भएको छ । बस दुर्घटनमा परि मृत्यु हुनेहरुमा सुनापती गाउँपालिका–५ रामेछापका ६० वर्षिय ठूलो तामाङ, सुनापति–४ की वर्ष २६ की समिता तामाङ, सुनापति ५ का ६५ बर्षिय खट वहादुर विक, सुनापति–५ कै २२ बर्षिय बिपना तामाङ, सुनापति–५ कै ३५ वर्षिय सन्जु आलेमगर रहेका छन् ।

त्यसैगरी मृत्यु हुनेमा रोशी गाउँपालिका–४ काभ्रेका २५ वर्षिय कमल तामाङ, पाँचखाल नगरपालिका–८ काभ्रेका १८ वर्षिय सुदीप बस्नेत, मन्डनदेउपुर–९ काभ्रेका ६० बर्षिय सभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिका–५ काभ्रेका ४० वर्षिय कुलबहादुर विक को घटनास्थलमा मृत्यु भई सनाखत भएको जिल्ला प्रहरी कार्याय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।
उनले भने– धुलीखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएका ४ जनाको भने सनाखत हुन वाँकी रहेको र अन्य घाइतेको नामावली संकलन हुने काम भइरहेको पनि उनले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

मन्थली, रामेछाप। प्रेस चौतारी नेपाल रामेछापद्वारा स्थापित ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेललाई प्रदान गरिएको छ। प्रेस चौतारी नेपाल रामेछापले ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार मन्थलीमा आयोजित विशेष...

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

रामेछाप, ६ साउन। रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ पुलुमा कटहर टिप्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–३ घर भई हाल लिखुतामाकोशी गाउँपालिका–२ पुलुस्थित आफ्नी सानिआमा लिलामाया...

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछाप  । रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडीस्थित मन्थली–रामेछाप सडकखण्डमा स्कुटरले जंगली मृगलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। आज बिहान  मच्छेडाँडीबाट मन्थलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०६७ प १६२३ नम्बरको स्कुटर अगाडि एक्कासि मृग आएपछि...