बर्तमान सरकारको बिकल्प छैन् – एमाले नेता ढुङ्गेल

रामेछाप । बर्तमान सरकारको बिकल्प नभएको नेकपा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश प्रसाद ढुङ्गेलले बताउनु भएको छ । आइतबार नेकपा एमालेको पार्टी कार्यलय मन्थलीमा पत्रकारहरु सग कुरा गर्दै नेपालमा बर्तमान सरकारको विकल्प नभएको बताउनु भयो ।


बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री समेत रहनु भएको अध्यक्ष ढुङ्गेलले मुलुकका ठुला राजनीतिक पार्टीहरू नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको वर्तमान सरकार भन्दा अर्को कुनै पनि विकल्प नरहेको बताउनुभयो । उहाँले भन्नुभयो “अहिले नेपालका मूलधारका दुई प्रमुख दलहरू एमाले र काँग्रेस मिलेर सरकार बनाएका छन् । यो सरकार पनि बदलिनु पर्ने अवस्था भयो भने नेपालको लोकतान्त्रिक अभ्यासको अर्को विकल्प छैन । यो कुरा प्राक्टिस भइसकेको छ । यही सरकारले मुलुकको दिगो विकास गर्छ । यसमा कुनै शङ्का छैन ।”


अहिलेको सरकार सरकारका लागि सरकार नबनेर काम गर्नका लागि बनेको उहाँको भनाई छ । मुलुक विकासका लागि वर्तमान सरकार नै अन्तिम विकल्प भएको थाहा पाएपछि अहिले अराजकतावादीहरू सरकारलाई छरपस्ट पार्न सक्रिय बनेको उहाँले बताउनुभयो । अहिले काँग्रेस एमालेको गठबन्धन भए पनि अराजकतावादीहरूले विभिन्न माध्यमबाट प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रहार गरिरहेको अध्यक्ष ढुङ्गेलले बताउनुभयो । उहाँले भन्नुभयो “यो सरकारको विकल्प नदेखेपछि यो सरकारलाई छरपस्ट पार्न अराजकतावादीहरू लागेका छन् ।

यस्ता अराजकतावादीहरूले नेपाल श्रीलङ्का, बङ्गलादेश बन्छ भन्दै हल्ला गरिरहेका छन् । विशेष गरी काँग्रेस र एमालेको सरकार छ । प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ । अराजकतावादीहरूले प्रधानमन्त्री केपी शर्मा ओली माथि प्रहार गरिरहेका छन् ।”

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको नतिजा अनुसार श्री झट्टेश्वर माध्यमिक विद्यालय, धोबीका छात्र अनमोल बस्नेतले 'ए प्लस' ग्रेडसहित पूर्ण ४.०० जीपीए प्राप्त गरी...

रामेछापमा एसईईको नतिजा सार्वजनिक : ८१.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण

रामेछापमा एसईईको नतिजा सार्वजनिक : ८१.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण

मन्थली ।रामेछापको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ, रामेछापले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका ८९ सामुदायिक र ३ संस्थागत गरी कूल ९२ विद्यालयका विद्यार्थीहरू परीक्षामा सहभागी भएका थिए । सार्वजनिक गरिएको...