ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको सल्लाह सुझाब अपरिहार्य–नगर प्रमुख श्रेष्ठ

Written by meropradesh creator

८ जेष्ठ २०७९, आईतवार

रामेछाप । मन्थली नगरपालिकाका नव निर्बाचित नगर प्रमुख लब श्रेष्ठले मन्थली नगर सञ्चालनका लागि ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको सल्लाह र सुझाब अपरिहार्य रहेको बताएका छन् ।

शनिबार ब्रह्माकुमारी राजयोग सेवा केन्द्र मन्थलीले आयोजना गरेको मन्थली नगरपालिकाका नव निर्बाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रमका अबसरमा श्रेष्ठले सो कुरा बताएका हुन ।

नगरप्रमुख श्रेष्ठले आफु सँधै सेवा केन्द्रको सल्लाह र सुझावको अपेक्षा गर्ने भन्दै काम गर्ने शिलसिलामा आउने बिभिन्न किसिमका झमेला र चुनौतिको सामना गन राजयोग सेवा केन्द्रमा आएर योग र ध्यान गरेपछि सहज हुने अनुभव आफूले यस अघिनै लिइसकेको बताए ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रकी प्रमुख सञ्चालिका ब्रह्माकुमारी बिष्णु दिदीको अध्यक्षता एबं नगर प्रमुख श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमका अबसरमा शसस्त्र प्रहरी वलका प्रहरी नायव उपरीक्षक केशबराज प्याकुरेल, मन्थली माविका प्रअ टंक प्रसाद दाहाल, मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ब्रह्माकुमार डा. भरतकुमार श्रेष्ठ र नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे लगायतले आ आफ्नो मन्तब्य राख्दै नव नर्बाचित सम्पूर्ण जनप्रतिनिधिहरुलाई बधाई एबं शुभकामना ब्यक्त गर्दैै समृद्ध नगरका लागि नव निर्बाचित नगर प्रमुख र वडा अध्यक्षहरुले दलीय राजनीतिबाट माथि उठेर काम गर्नु पर्ने कुुरालाई जोड दिनुभयो दिए ।

सोही अवसरमा वडाअध्यक्षहरुको तर्फबाट मन्थली नगरपालिका वडा नं –७ का अध्यक्ष भुवनहरी प्रसाईले ब्रह्माकुमारी राजयोग केन्द्रले समाजमा सकारात्मक रुपान्तरणनको लागि पुर्याएको सेवाको चर्चा गर्दै सेवा केन्द्रप्रति आभार प्रकट गरे ।

सो अबसरमा नव निर्बाचित नगर प्रमुख श्रेष्ठ, वडा नं –१ का वडा अध्यक्ष होम प्रसाद पौडेल (रामहरी), वडा नं –३ का वडा अध्यक्ष कृष्णगोपाल थापा, वडा नं –५ का अध्यक्ष रबिन कार्र्की, वडा नं ७ का अध्यक्ष भुवनहरी प्रसाई, वडा नं –८ का अध्यक्ष गोपाल श्रेष्ठ, वडा नं –९ का अध्यक्ष गोकर्णराज आरण, वडा नं. १ का सदस्यहरु रामकुमार माझी र चन्द्र माझी लगाएतलाई सेवा केन्द्रकी प्रमुख संञ्चालिका ब्रह्माकुमारी बिष्णु दिदीले बधाई एबं सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै इश्वरीय सौगात समेत प्रदान गरेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

महिला उद्यमी संघ रामेछापको अध्यक्षमा महत सर्वसम्मत

महिला उद्यमी संघ रामेछापको अध्यक्षमा महत सर्वसम्मत

रामेछाप । रामेछाप महिला उद्यमी संघको अध्यक्षमा मेनुका महत (खड्का) सर्वसम्मत अध्यक्षमा निर्वाचित बनेकी छिन् । चौथो वार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशनबाट महतको अध्यक्षतामा १० सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।  शनिवार मन्थलीमा भएको...

एक वर्षमा १५ लाख भन्दा बढी मुनाफा कमाउन सफल अम्बर आदर्श साकोस

एक वर्षमा १५ लाख भन्दा बढी मुनाफा कमाउन सफल अम्बर आदर्श साकोस

रामेछाप । अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८०÷०८१मा १५ लाख २१ हजार ८ सय ४५ रुपैयाँ नाफा कमाउन सफल भएको छ । शनिवार मन्थलीमा भएको २३ औ वार्षिक साधारण सभाको अवसरमा १५ लाख २१ हजार ८ सय ४५ रुपैयाँ नाफा कमाउन सफल भएको प्रतिवेदन कोषाध्यक्ष रमेश ढुङ्गेलले...

सरकारी कार्यालयहरूको वित्तीय प्रगति दयनीय

सरकारी कार्यालयहरूको वित्तीय प्रगति दयनीय

रामेछाप । रामेछाप जिल्लामा रहेका सरकारी कार्यालयहरूको वित्तीय प्रगति अत्यन्तै कमजोर रहेको छ । आर्थिक वर्ष सुरु भएको आठ महिना बितिसक्दा सम्म रामेछापको विकासे कार्यालयको वित्तीय प्रगति ५ प्रतिशत भन्दा बढी हुन सकेको देखीदैन् । जिल्ला प्रशासन कार्यालय रामेछापले शुक्रवार...