बरामद ‘अफिम’ प्रहरी द्वारा नष्ट 

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले बरामद अफिम नष्ट गरेको छ । प्रहरीले फागुन २६ गते सुनापति गाउँपालिका वडा नं ३ हिलदेवीबाट दुई महिला सहित ७ हजार बोट लागू औषध (अफिम) बरामद गरिएको थियो । कानुनी प्रक्रिया पुरा गरी सोमबार प्रहरी परिसर भित्र नष्ट गरेको हो ।

सुनापती गाउँपालिका वडा नम्बर ३ हिलदेवीमा मेखबहादुर तामाङ र जगत तामाङको अन्दाजी ६ रोपनी घर जग्गा भाडामा लिएर रुकुम पुर्वीभेग पुथा उत्तर गङ्गा गाउँपालिका १ का ६८ वर्षीय बुद्धि माया पुन मगर (गुरुङ) र सोही ठाउँकी वडा नं ५ घर भई हिलेदेवी बस्दै आएकी ४२ वर्षीय कान्छीले अफिम खेती गर्दै आएको थियो । सोही आधारमा उनीहरूलाई लागू औषध विरुद्ध मुद्दा दर्ता भएर थप अनुसन्धान भइरहेको जिप्रका रामेछापका प्रवक्ता एवं प्रहरी निरीक्षक रञ्जन गिरीले जानकारी दिए ।

कानुन अनुसार जग्गा धनी समेत कानुनी दायरामा पर्ने व्यवस्था रहेको छ । दुई महिलाले हिलदेवीका जग्गा धनी र स्थानीयहरूलाई झुक्काएर अफिम खेती गर्दै आएको पाइएको अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ ।  उक्त (अफिम) जिल्ला प्रहरी कार्यालय रामेछाप परिसरमा प्रहरी प्रमुख (डिएसपी) होमबहादुर पराजुली, मन्थली नगरपालिका वडा नं १ का वडा अध्यक्ष होम प्रसाद पौडेल (रामहरि), वडा नं ४ सालुका वडा अध्यक्ष राजन घिमिरे, जिल्ला अदालत रामेछापका प्रतिनिधि, पत्रकार महासङ्घ रामेछापका अध्यक्ष बद्री नयाँघरे सहित पत्रकारहरूको उपस्थितिमा सोमबार खाल्डो खनेर गाडिएको हो । 

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...