बोधिचित्त दाना बिक्री नहुँदा किसान अन्यौलमा

Written by meropradesh creator

१९ पुष २०७७, आईतवार

रामेछाप–१९ पुस ।
रामेछाप । कोरोना भाइरसको संक्रमणका कारण बोधीचित्त बिक्री नभएपछि रामेछापको सुनापति र खाँडादेवीका किसान अन्यौलमा परेका छन् ।
बिगत वर्षहरुमा यो समयसम्म बोधिचित्त बिक्री भइसथ्यो । बोधिचित्त खरिद गर्न किसानहरुको घरदैलोमा नै आउने व्यवसायीहरु यसवर्ष भने भाइरसको महामारीले रामेछापका सुनापति र खाँडादेवी गाउँपालिकामा उत्पादित करिब ५ करोड रुपैयाँ बराबरको बोधीचित्तको दाना यसपालि बिक्री हुन नसकेको हो ।
रामेछापको सुनापति गाउँपालिकाको बेथान, खनियापानी र खाँडादेवी गाउँपालिकाको माकादुम र पकरबासमा पकेट क्षेत्रको रुपमा विकास गर्ने गरी १७ वर्षदेखि बोधीचित्तको खेती गरिदै आएको छ । बोधीचित्तको दानालिन गएको वर्षसम्म किसानको घरदैलोमा आउने व्यापारी यसवर्ष कोरोनाभाइरसको संक्रमणका कारण नआएपछि आफुहरु समस्यामा परेको खाँडादेवी गाउँपालिका वडा नं–५ का किसान ध्यानवहादुर मोक्तानले जानकारी दिए ।
उनले भने– एउटै रुखबाट ७५ हजारदेखि ६० लाख रुपैयाँसम्म बोधिचित्तको दाना बिक्री हुने गरेकाले किसानहरुले परम्परागत बाली लगाउँन छाडेर बोधीचित्त लगाएका हुन् । तर कोरोना भाइरसको महामारीका कारण यसपालि एक जना व्यवसायी पनि बोधीचित्त खरिद गर्न गाउँगाउँमा आएका छैनन् ।
रामेछापका किसानहरुले करिव १७ वर्षअघि छिमेकी जिल्ला काभ्रेको तिमाल गाउँवाट बोधिचित्तका विरुवा ल्याएर आफ्नो पाखोवारीमा रोपेका थिए । बोधिचित्तको दानाबाट मनग्यैै आम्दानी आउन थालेपछि गाउँका अन्य किसानहरुले समेत आफ्नो पाखोवारीमा व्यवसायीक रुपमा खेती गर्दै आएका किसानहरुले गएको वर्षसम्म मनग्यै आम्दानी लिन भ्याए । तर यसवर्ष बढी मात्रामा उत्पादन भएको बोधिचित्त किन्ने व्यवसायी नहुँदा गाउँका अधिकासं किसानहरु समस्यामा परेको सुनापति गाउँपालिका वडा नं–४ बेथानका बुद्ध लामाले जानकारी दिए ।
उनले भने– गाउँका केही किसानहरुले बोधिचित्तका दाना बिक्री गर्दा राम्रो पैसा लिएको देखेपछि हामीले पनि पाखोवारीमा लगाउँदै आएको अन्नवाली मासेर यो खेती तर्फ लाग्यौ । जब रोपेको रुखले दाना दिन थाल्यो, त्यो विक्री नहुँदा सारै समस्यामा पर्यौ । सुनापतिको बेथान गाउँमा एक घरले ६० देखि ६ सय वटासम्म बोधीचित्तका बिरुवा लगाएका छन् ।

बिशेषगरी बोधीचित्तको साना दानाबाट बनेको माला खासगरी बौद्ध धर्मका अनुयायीले मन्त्रजप्नप्रयोग गर्दै आएका छन् । बोधीचित्तको दाना बिक्रीबाट गएको वर्ष सुनापतिका किसानले २ करोड ५० लाख रुपैयाँ भित्र्याएका सुनापति गाउँपालिकाको तथ्यांकमा देखिएको सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामाले जानकारी दिए ।
उनले भने– गएको वर्षभन्दा यसपालि उत्पादन धेरै भएकाले सुनापति गाउँपालिकाका कुनै पनि किसानको बोधिचित्त दाना बिक्री हुन सकेको छैन् । अहिले पालिकाले इन्टरनेटको माध्यमवाट विभिन्न देशका व्यवसायीहरुलाई बोधिचित्तका दाना रामेछापमा भएकाले खरिद गर्न आउँनुस भन्दै व्यवसायी खोजी कार्यमा लागि परेका छौं । कतिपय व्यवसायीले कोरोना महामारीका कारण आउन समस्या भएकाले कोरोनाको जोखिम कम हुनासाथ आउने जानकारी दिएको अध्यक्ष लामाले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

रामेछाप, १२ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार ८३ वर्षको उमेरमा उहाँको निधन भएको हो।  दिवंगत श्रेष्ठको पार्थिव शरीर बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म...