बोधिचित्त दाना बिक्री नहुँदा किसान अन्यौलमा

Written by meropradesh creator

१९ पुष २०७७, आईतवार

रामेछाप–१९ पुस ।
रामेछाप । कोरोना भाइरसको संक्रमणका कारण बोधीचित्त बिक्री नभएपछि रामेछापको सुनापति र खाँडादेवीका किसान अन्यौलमा परेका छन् ।
बिगत वर्षहरुमा यो समयसम्म बोधिचित्त बिक्री भइसथ्यो । बोधिचित्त खरिद गर्न किसानहरुको घरदैलोमा नै आउने व्यवसायीहरु यसवर्ष भने भाइरसको महामारीले रामेछापका सुनापति र खाँडादेवी गाउँपालिकामा उत्पादित करिब ५ करोड रुपैयाँ बराबरको बोधीचित्तको दाना यसपालि बिक्री हुन नसकेको हो ।
रामेछापको सुनापति गाउँपालिकाको बेथान, खनियापानी र खाँडादेवी गाउँपालिकाको माकादुम र पकरबासमा पकेट क्षेत्रको रुपमा विकास गर्ने गरी १७ वर्षदेखि बोधीचित्तको खेती गरिदै आएको छ । बोधीचित्तको दानालिन गएको वर्षसम्म किसानको घरदैलोमा आउने व्यापारी यसवर्ष कोरोनाभाइरसको संक्रमणका कारण नआएपछि आफुहरु समस्यामा परेको खाँडादेवी गाउँपालिका वडा नं–५ का किसान ध्यानवहादुर मोक्तानले जानकारी दिए ।
उनले भने– एउटै रुखबाट ७५ हजारदेखि ६० लाख रुपैयाँसम्म बोधिचित्तको दाना बिक्री हुने गरेकाले किसानहरुले परम्परागत बाली लगाउँन छाडेर बोधीचित्त लगाएका हुन् । तर कोरोना भाइरसको महामारीका कारण यसपालि एक जना व्यवसायी पनि बोधीचित्त खरिद गर्न गाउँगाउँमा आएका छैनन् ।
रामेछापका किसानहरुले करिव १७ वर्षअघि छिमेकी जिल्ला काभ्रेको तिमाल गाउँवाट बोधिचित्तका विरुवा ल्याएर आफ्नो पाखोवारीमा रोपेका थिए । बोधिचित्तको दानाबाट मनग्यैै आम्दानी आउन थालेपछि गाउँका अन्य किसानहरुले समेत आफ्नो पाखोवारीमा व्यवसायीक रुपमा खेती गर्दै आएका किसानहरुले गएको वर्षसम्म मनग्यै आम्दानी लिन भ्याए । तर यसवर्ष बढी मात्रामा उत्पादन भएको बोधिचित्त किन्ने व्यवसायी नहुँदा गाउँका अधिकासं किसानहरु समस्यामा परेको सुनापति गाउँपालिका वडा नं–४ बेथानका बुद्ध लामाले जानकारी दिए ।
उनले भने– गाउँका केही किसानहरुले बोधिचित्तका दाना बिक्री गर्दा राम्रो पैसा लिएको देखेपछि हामीले पनि पाखोवारीमा लगाउँदै आएको अन्नवाली मासेर यो खेती तर्फ लाग्यौ । जब रोपेको रुखले दाना दिन थाल्यो, त्यो विक्री नहुँदा सारै समस्यामा पर्यौ । सुनापतिको बेथान गाउँमा एक घरले ६० देखि ६ सय वटासम्म बोधीचित्तका बिरुवा लगाएका छन् ।

बिशेषगरी बोधीचित्तको साना दानाबाट बनेको माला खासगरी बौद्ध धर्मका अनुयायीले मन्त्रजप्नप्रयोग गर्दै आएका छन् । बोधीचित्तको दाना बिक्रीबाट गएको वर्ष सुनापतिका किसानले २ करोड ५० लाख रुपैयाँ भित्र्याएका सुनापति गाउँपालिकाको तथ्यांकमा देखिएको सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामाले जानकारी दिए ।
उनले भने– गएको वर्षभन्दा यसपालि उत्पादन धेरै भएकाले सुनापति गाउँपालिकाका कुनै पनि किसानको बोधिचित्त दाना बिक्री हुन सकेको छैन् । अहिले पालिकाले इन्टरनेटको माध्यमवाट विभिन्न देशका व्यवसायीहरुलाई बोधिचित्तका दाना रामेछापमा भएकाले खरिद गर्न आउँनुस भन्दै व्यवसायी खोजी कार्यमा लागि परेका छौं । कतिपय व्यवसायीले कोरोना महामारीका कारण आउन समस्या भएकाले कोरोनाको जोखिम कम हुनासाथ आउने जानकारी दिएको अध्यक्ष लामाले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

रामेछाप । नेपाली काँग्रेस रामेछापका सभापतिको कार्यशैलीको विरोध गर्दै पदाधिकारीहरूले सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको छ । ऊर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्रीसमेत रहेका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले कार्यकालको सुरुवातीदेखि नै...

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

रामेछाप । गौरीशङ्कर माध्यमिक विद्यालयले ६१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयले आयोजना गरेको अभिभावक भेलामा शिक्षक तथा विद्यार्थीले विभिन्न प्रतिभा प्रस्तुत गरेका छन् । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै रामेछाप...

मन्थली नगर कप महिला तर्फको उपाधि भटौलीले हात पार्‍यो

मन्थली नगर कप महिला तर्फको उपाधि भटौलीले हात पार्‍यो

मन्थली । मन्थली नगर खेलकुद विकास समितिको आयोजनामा फागुन ३ गतेदेखि सुरु भएको प्रथम महिला नगर भलिबलको उपाधि मन्थली नगरपालिका वडा नं ७ भटौलीले जितेको छ । बुधवार भएको फाइनल खेलमा वडा नं १३ फुलासीलाई पराजित गराउँदै भटौलीले प्रथम महिला भलिबलको उपाधि जितेको हो ।विजेता...