बन्द रहेको एम्वुलेन्स सञ्चालन हुँदा लिखुका स्थानिय हर्षित

Written by meropradesh creator

१३ बैशाख २०७८, सोमबार

रामेछाप । लिखु तामाकोशी गाउँपालिका धोबिले पालिका भित्र रहेका नागरिक बिरामी परेको बेला सहजै सेवा पाउन भन्ने उद्धेश्यले शुुरु गरिएको निःशुल्क एम्वुलेन्स सेवा बन्द भएपछि दुःख झेल्दै आएका नागरिकहरुले पुनः उक्त सेवा पाएपछि खुशि भएका छन् ।
लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्दवहादुर खड्काले शुरु गरेको उक्त एम्वुलेन्स सेवा उपाध्यक्ष दिपशिखा दाहालले वन्द गराएपछि त्यस गाउँका नागरिकहरुले पाउँदै आएको सुविधा कटौती भएको भन्दै स्थानियहरुले बिरोध जनाएका थिए । पालिकाका अध्यक्ष खड्कालाई जर्वजस्ती करणी, ठगि र शरिर बन्धक गरी तिनवटा मुद्धा लगाएर उनलाई पुर्पक्षको लागि रामेछाप कारागार चलान गरेपछि अध्यक्षले दिदै आएको निःशुल्क एम्वुलेन्स सेवा उपाध्यक्ष दाहालले वन्द गराएकी थिइन ।
तीनवटा मुद्धा लागेर कारागार वसेका अध्यक्ष खड्का धरौटी रकम तिरेर कारागारवाट वाहिर निस्केर गाउँपालिका हाजिर भएसँगै पहिला नागरिकहरुलाई दिदै आएको निःशुल्क एम्वुलेन्स सेवा र विरामी परेका नागरिकहरुलाई दिने उपचार खर्च दिन शुरु गरेका छन् । पालिकाकी उपाध्यक्ष दाहालले बन्द गराएको उक्त एम्वुलेन्स सेवा पुनः दिन शुरु गरेपछि गाउँका स्थानियहरु हर्षित भएका हुन् ।
पालिका भित्रका नागरिकहरु बिरामी परे एम्वुलेन्स मार्फत उनीहरुलाई उपचार गराउन जिल्ला सदरमुकाम मन्थलीसम्म पठाउने गरिएको छ । सदरमुकाममा रहेका अस्पतालवाट उपचार सम्भव नभए विरामीलाई सोही एम्बुलेन्स मार्फत राजधानी काठमाण्डौंसम्म पुर्याउने व्यवस्था गाउँपालिकाले गर्दै आएको छ ।


पालिकाले विरामीलाई एम्वुलेन्स सेवा मात्र हैन विपन्न परिवारका सदस्य बिरामी परे विरामीको अवस्था हेरेर ५ हजार देखी ३० हजार रुपैयाँसम्म उपचारमा खर्च समेत गाउँपालिकाले नै व्यहोर्दै आएको छ । गाउँमा विरामी परेर आर्थिक अवस्था कमजोर भएका कारण उपचार गराउन अस्पतालसम्म जान नै नसक्ने लिखु तामाकोशी गाउँपालिकाका नागरिकहरुलाई अहिले ती दुःखका दिन अन्त्य भएका छन् ।
पहिला गाउँमा कोही बिरामी परे डोको, कार्पेसमा वोकाएर दुई दिन पैदल हिडेर उपचारको लागि जिल्ला सदरमुकाम मन्थलीसम्म धाउनु   पथ्र्यो । अहिले गाउँगाउँमा कच्ची भए पनि मोटरवाटो निमार्ण भएका छन् । सडक संञ्जाल जोडिएसँगै स्थानिय सरकारले गाउँमै निःशुल्क एम्वुलेन्स सेवा संचालन गरिदिएपछि विरामी परेको बखत एक कल टेलिफोनको भरमा घरमै एम्वुलेन्स विरामी लिन आइपुग्ने गरेको लिखु तामाकोशी गाउँपालिका वडा नं १ दुरागाउँका आस्विन रोकाले जानकारी दिए ।
उनले भने– गाउँमा अस्तापल नहुँदा गाउँवाट विरामी लिएर सदरमुकामका अस्पतालसम्म पुर्याउन कम्ती दुःख थिएन । कहिलेकाहीँ अन्यत्र काम गर्न गएको बेला घरमा कोही बिरामी परो भने विरामी बोकाएर अस्पतालसम्म पुर्याउन नै सकिदैन्थ्यो । त्यसमाथि पनि ब्यथाले च्यापेकी गर्भवती महिला, बृद्धबृद्धालाई गाउँवाट बोकाएर अस्पतालसम्म पुरयाउँदा बिच बाटोमा नै धेरैको ज्यान जान्थ्यो । अब ती दुःखका दिन सकिएको रोका बताउँछन् ।
बिशेषगरी गर्भवती महिला, जेष्ठ नागरिक, अपाङता भएका व्यक्तिलाई एम्वुलेन्सले राहात प्रदान गरेको छ । जिल्लाकै अति दुर्गम मानिने लिखुतामाकोशी गाउँपालिकामा बिगत वर्षहरुमा अस्पताल नपुग्दै गर्भवती महिलाहरुको ज्यान जाने गरेको थियो भने कतिपयको बिच वाटोमानै सुत्केरी हुने गर्दथे ।
गएको स्थानिय चुनावको बेला मतदाताहरुसँग घोषणा गरे अनुसारको काम यतिखेर लिखुतामाकोशी गाउँपालिकाका प्रमुख गोविन्दवहादुर खड्काले पुरा गरेका छन् । उनले निर्वाचनमा मत माग्दै गर्दा उज्यालो लिखु, नागरिकको स्वास्थ्य र गुणस्तरीय शिक्षा सँगै खानेपानीलाई पहिलो प्राथमिकतामा राखेका थिए । सोही घोषणा अनुरुप अहिले विरामीलाई निःशुल्क एम्वुलेन्स सेवा र विरामीको प्रकृती हेरी ५ हजार देखी ३० हजारसम्म औषधी उपचार वापत खर्च प्रदान गर्दै आएको पालिका प्रमुख गोविन्दवहादुर खड्काले जानकारी दिए ।
उनले भने– मैले स्थानिय चुनावमा मतदाताहरु सँग मत माग्दै गर्दा गाउँमा चाँडै बिकास गरेर देखाउँछु भन्ने बाचा गरेको थिए । त्यहीँ बाचा अनुसार अहिले गाउँमा दुईवटा एम्वुलेन्स संचालनमा छन् । कहिलेकाहीँ २ वटै एम्वुलेन्स विरामी लिएर काठमाण्डौं वा अन्यत्र गएको बखत कोही विरामीले फोन गरे म आफ्नै गाडी लिएर विरामी लिन घरमै पुग्ने गरेको छु । अहिलेसम्म आफ्नै गाडीवाट १८ जना गर्भवती महिलाको उद्धार गरेको पनि प्रमुख खड्काले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बागलुङ जिप दुर्घटनामा ४ जनाको मृत्यु, १२ घाइते

बागलुङ जिप दुर्घटनामा ४ जनाको मृत्यु, १२ घाइते

बागलुङ, जेठ ३०बागलुङको ढोरपाटन नगरपालिका–५ स्थित अस्तु बतासे डाँडामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्। बुर्तिबाङबाट ढोरपाटन नगरपालिका–५ चौरतर्फ जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको जिप साँझ...

खाँडादेवी–२ मा गोठमा आगलागी, ७ बाख्रा जलेर मृत्यु

खाँडादेवी–२ मा गोठमा आगलागी, ७ बाख्रा जलेर मृत्यु

रामेछाप, जेठ ३० रामेछापको खाँडादेवी गाउँपालिका–२, मझुवा कुरनथलीमा बिहीबार बिहान भएको आगलागीमा एक गोठ पूर्ण रूपमा जलेको छ। आगलागीमा परेर गोठमा रहेका ७ वटा बाख्रा जलेर मरेका छन् भने एक माउ भैँसी र एक राँगो घाइते भएका छन्। स्थानीय ५३ वर्षीय कान्छाराम योञ्जनको गोठमा...

रामेछापबाट ६ वर्षमा ३१ जनाको विदेशमा मृत्यु

रामेछापबाट ६ वर्षमा ३१ जनाको विदेशमा मृत्यु

रामेछाप, जेठ २९ – पछिल्ला ६ वर्षमा वैदेशिक रोजगारीका क्रममा ३१ जना रामेछापवासीले विदेशमै ज्यान गुमाएका छन्। सुरक्षित आप्रवासन कार्यक्रम (सामी) का अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा मात्रै ९ जनाको मृत्यु भएको हो। सामी कार्यक्रमका संयोजक दीपक कुमार केसीका अनुसार, आर्थिक...