बन कार्यालय रामेछाप द्धारा कामै नसकी लाखौँ भुक्तानी 

Written by meropradesh creator

२७ भाद्र २०८०, बुधबार

रामेछाप । डिभिजन बन कार्यालय रामेछापले योजनाको कामनै नसकी भुक्तानी दिएको खुलासा भएको छ । डिभिजन बन कार्यालयले जिल्ला अस्पताल रामेछापको मूल ढोका सँगैको ढोकामा बनाउँदै गरेको करिब २५ लाख रुपैयाँको लगानीमा निर्मित उक्त पार्कको कामनै नसकी कार्यालयका प्रमुख ओम सागर भण्डारी र सहायक बन अधिकृत देवेन्द्र यादव समेतको मिलेमतोमा भुक्तानी दिएको खुलासा भएको हो ।
कार्यालयको कुल २५ लाख रुपैयाँ र श्रमदान १० प्रतिशत समेत  १ लाख रुपैयाँ गरी कुल २६ लाखको लागतमा स्थानीय उपभोक्ता समितिले २०८० साल असार १३ गते सम्म काम  सम्पन्न गरिसक्नु पर्ने गरी कामको जिम्मा लिएको थियो । उक्त पार्क निर्माणको काम सम्पन्न नहुँदै सबै काम सम्पन्न भएको भनी  कार्यालयले सबै रकम गत असमानै उपभोक्ता समितिका नाममा निकासा गरेको थियो ।
२०६६ वैशाख १० गते जिल्ला अस्पताल नजिकैको वादी पाखा सामुदायिक बनको जङ्गलमा लागेको आगो निभाउने क्रममा तत्कालीन १३ जना  सैनिक जवानहरूले डढेलोमा परेर  ज्यान गुमाएका थिए । त्यसैको संंझनामा १३ मध्य अन्यको नाम शिला लेखमा रहने र एक जना कमान्डरको भने सालिक राख्ने गरी स्टमेट भएको थियो । तर कार्यालयले प्राविधिकले तयार गरेको स्टमेटकोनै ख्याल नगरी रकम भुक्तानी दिइएको पाइएको हो ।
यस बारेमा डिभिजन बन कार्यालय रामेछापमा  सम्पर्क गर्दा त्यहाँको निमित्त प्रमुख मनीलाल कुन्दनले भने यस बारेमा आफूलाई कुनै पनि जानकारी नभएकोले सहायक बन अधिकृत देवेन्द्र यादव सँग सम्पर्क गर्न आग्रह गरे ।
सोही आधारमा यादव सँग सम्पर्क गर्दा उनले सैनिक कमान्डरको स्ट्याचु सहितको योजनाको स्टमेट गरिदिने रामेछाप नगरपालिकाले योजना सम्पन्न भएको भनी पठाएको कागजात र प्रतिवेदनका आधारमा मात्र कार्यालयले रकम  भुक्तानी गरेको बताए । उनले भने काम बाँकी बस्नुमा कार्यालयको कुनै पनि दोष छैन । उक्त पार्कको वरिपरि पर्खाल लगाउने र कम्पाउन्ड गर्नै र ढोका हाल्ने काम भने सम्पन्न भएको छ  ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

काठमाडौं । नेपालका दुई नदीको संगम क्षेत्रमा ठूलो ताल बनेपछि त्यसको पानी बाहिरिएर बाढीको जोखिम बढेको छ । चीनको जलस्रोत मन्त्रालयले ताल फुट्ने जोखिम उच्च रहेको भन्दै आगामी तीन दिनलाई विशेष सतर्कताको अवधि मानेर निगरानी बढाएको जनाएको छ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल...

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

रसुवा । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रबाट नेपाली सेनाले ४५ जना विदेशी नागरिकसहित ३३६ जनाको हवाई उद्धार गरेको छ । नेपाली सेनाका अनुसार बिहीबार बिहानदेखि १२ः३० बजेसम्म टिमुरे, धुन्चे र मैलुङ क्षेत्रबाट हेलिकप्टरमार्फत ३३६ जनाको सफल उद्धार गरिएको हो ।...

बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, सुरक्षाकर्मी उद्धार र खोजीमा सक्रिय

बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, सुरक्षाकर्मी उद्धार र खोजीमा सक्रिय

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या २७० पुगेको छ । बिहीबार दिउँसो १ः३० बजेसम्म विभिन्न जिल्लामा बाढीका कारण मृत्यु भएका २७० जनाको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८,...