रामेछाप । रामेछाप नगरपालिका–४ हिमगंगको धारापानी बसेरी स्थित लिखु नदीमा बिस्फोटक पदार्थ प्रयोग गरी माछा मार्ने क्रममा बम विस्फोट हुँदा एकजना गम्भिर घाइते भएका छन् ।
बम विस्फोट हुँदा रामेछाप नगरपालिका–४ हिमगंगाका वर्ष ३४ का टुक बहादुर श्रेष्ठ गम्भिर घाइते भएका हुन् । घाइते श्रेष्ठको स्थानिय साँघुटार स्वास्य चौकीमा सामान्य उपचार पछि थप उपचारको लागि हेलिकोप्टर मार्फत काठमाण्डौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार माछा मार्न बिस्फोटक पदार्थ सहित श्रेष्ठ सँगै गएका अन्य तीनजनालाई प्रहरीले लिखु नदीवाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिमेकी सिन्धुली जिल्ला कमलामाई नगरपालिका–५ का ३० वर्षिय बुद्ध लामा र वडा नं–४ का ५२ वर्षिय रामवहादुर विक तथा सोही जिल्ला भद्रकाली गाउँपालिकाका वर्ष २९ का निल लामालाई प्रहरीले रामेछाप नगरपालिका–४ हिमगंगागको धारपानीवाट पक्राउ गरेको छ ।
घटनामा घाइते भएका टुकवहादुर श्रेष्ठको हाल टिचिङ अस्पताल महाराजगंञ्जमा उपचार भइरहेको छ । प्रहरीले नियन्त्रणमा लिएका तीनजनालाई बिष्फोटक पदार्थ ऐन अनुसार मुद्धा दर्ता गरी सोही मुद्धामा म्याद थप लिई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान वढाइने प्रहरीले जनाएको छ ।