बलिदानको प्रतिक दोरम्बा ः प्रधानमन्त्री प्रचण्ड

Written by meropradesh creator

२ भाद्र २०८०, शनिबार

रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रामेछापको दोरम्बा बलिदानको प्रतिक रहेको बताएका छन् । २० औं दोरम्बा हत्याकाण्ड स्मृति दिवसको अवसरमा आयोजना गरिएको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै दोरम्बा बलिदानको प्रतिक रहेको बताएका हुन् । दोरम्बालाई देश बिदेशले बलिदानको रुपमा चिन्ने गरेको बताए ।

संयुक्त राष्ट्रसंघले पनि दोरम्बा हत्याकाण्डलाई एउटा भयानक अपराधिक हत्या काण्डको रुपमा लिएको बताएका छन् । त्यसकारण विश्वले दोरम्बालाई बिशेष हेर्ने गरेको बताए । अर्काे प्रसंगमा प्रधानमन्त्री दाहालले अहिले आफुले गठबन्धन सरकारको नेतृत्व गरि रहेको र सरकार शहिदले देखाएको मुल मार्गलाई आधार मान्दै शुसासन र भ्रष्टाचारको अन्त्यका लागि पनि उत्तिकै जिम्मेवार रहेको बताए ।

तत्कालीन विद्रोही माओवादी र सरकारबीच दाङको हापुरेमा वार्ता चलिरहेका बेला २०६० साल साउन ३२ गते रामेछापको दोरम्बामा माओवादी जनसरकार प्रमुख बाबुराम लामा सहित २१ जना सेनाको आक्रमणबाट मारिएका थिए । सोहि दिनको सम्झनामा प्रत्यक बर्ष साउन ३२ गते स्मृति दिवस मनाउने गरिन्छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

चितवन–३ मा रास्वपाको जित, रेणु दाहाल दोस्रो स्थानमा सीमित

चितवन–३ मा रास्वपाको जित, रेणु दाहाल दोस्रो स्थानमा सीमित

चितवन–३ को प्रतिनिधिसभा निर्वाचनमा सोविता गौतमले जित हासिल गरेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी की उम्मेदवार गौतमले ५९,२७७ मत प्राप्त गर्दै आफ्नी निकटतम प्रतिस्पर्धी रेणु दाहाल लाई करिब ३८,६६२ मतले पराजित गरिन्। दाहालले २०,६१५ मत प्राप्त गर्दै दोस्रो स्थानमा सीमित...

रास्वपाको उदय: ३६ सिट जित, झापा–५ मा बालेन शाहको ठूलो अग्रता

रास्वपाको उदय: ३६ सिट जित, झापा–५ मा बालेन शाहको ठूलो अग्रता

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतपरिणामले देशको राजनीतिक परिदृश्यमा नयाँ मोड देखाएको छ। हालसम्मको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर प्रभावशाली प्रदर्शन गर्दै अग्रता लिइरहेको छ। पछिल्लो विवरणअनुसार रास्वपाले ३६...

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतान्तरसहित विजयी

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतान्तरसहित विजयी

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दी जिल्लाबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतान्तरसहित विजयी भएका छन्। एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा पुनले नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ भन्दा करिब तीन गुणा बढी मत ल्याउँदै जित...