बलात्कारको झुटो जाहेरी दिने युवती रौतहट प्रहरीको फन्दामा

Written by meropradesh creator

२ माघ २०७७, शुक्रबार

रोतहटमा व्यक्तिगत रिसिवी साँध्न ‘आफूलाई सामूहिक बलात्कार ग¥यो’ भनेर झुटो जाहेरी दिएको भन्दै रौतहट प्रहरी ले उक्त युवतीलाई नियन्त्रणमा लिएको छ । अन्दाजी १७ वर्षीया युवतीले आफूलाई पुष २५ गते शनिबार ५ जनाले चन्द्रनिगाहपुरको २ तल्ले पक्की घरमा बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोप लगाउँदै ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा गत पुष २८ गते जाहेरी दिएकी थिइन ।
ओखलढुंगा घर बताउने युबतीले ओखलढुंगा बाट आफु काठमाडौं जाने क्रममा खुर्कोटमा गाडी बिग्रिएपछि बाटोमा बसिरहेको अवस्थामा सिन्धुली खुर्कोटबाट अपहरण गरी ल्याएर आफूलाई सामूहिक बलात्कार गरेको आरोप लगाउदै प्रहरीमा जाहेरी दिएकी थिइन् ।
उक्त युवती प्रहरीको सम्पर्कमा आएपछि प्रहरीले भाउजु नाता पर्ने मेनुका परियार र साथी कल्पना भुजुलाई सम्पर्क गरेर जाहेरी लिई पीडितको कागज समेत गराई उनीहरुलाई लिएर घटना स्थल प्रहरीको एक टोली पठाएको थियो । उक्त घटनालाई लिएर प्रहरीले घटनास्थलको निकै खोजी गर्दा पनि एकिन हुन नसकेपछि पीडित भनिएकी युवतीले भनेकी नाम भएका व्यक्तिहरुको फोटो फेसबुकबाट खोजी गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए । उनका अनुसार ती युवतीले सनाखत गरेका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरी उनीहरुको मोवाइल फोनको लोकेसन हेर्दा सो दिन उनीहरु सिन्धुली–खुर्कोट, चन्द्रनिगाहपुर नगएको देखिएपछि युवती माथिनै शंका लागेपछि प्रहरीले अर्को पाटोबाट पनि अनुसन्धान अगाडि बढाएको थियो ।
प्रहरीले अनुसन्धानको क्रममा पीडित भनिएकी युवतीको बुवा जिवितै रहेको र एक बर्षदेखि काठमाडौं सुन्दरीजलमा दिदीसँग बस्दै आएकी ती युवती र काठमाडौंबाट भाउजु परियारसँग घुम्न ईलाम जान्छु भनि हिडेको खुल्न आएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । प्रहरीले शंकाको आधारमा पीडित भनिएका महिलाहरुलाई अनुसन्धानात्मक सोधपुछ गर्दा जिल्लाको गरुडा नगरपालिका वडा नम्बर २ स्थायी घर भई काठमाडौँ बानेश्वरमा मेनपावर कम्पनी सञ्चालन गरेर बस्ने उनीहरुकै चिनजानका गजेन्द्र भन्ने राम विश्वास साह कानुको योजनामा गरुडा निवासी राम निवास साह कानुलाई फसाउन सोे नाटक गरिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । गजेन्द्र साहले राम निवाससँगको लेनदेन मुद्दाको रिसिवी साँध्न परियारलाई ६ लाख नगद र जागिर समेत दिने प्रलोभन देखाइ साह कानु सहित ५ जना व्यक्तिहरुलाई फसाउन सो योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनका अनुसार उनीहरु पुष २७ गते काठमाडौंबाट बाराको सिमरा आई सिमराबाट मेनुका र कल्पना बिरगञ्ज तर्फ गएका थिए, भने गजेन्द्र साहले पीडित भनिएकी युवतीलाई साथमा लिई पुष २८ गते बिहान चन्द्रनिगाहपुरमा ल्याई छाडेर आफूलाई बलात्कार गरेको भनेर उजुरी दिन इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर पठाएको अनुसन्धानबाट देखिएको छ ।
प्रहरीले झुटो व्यहोरा उल्लेख गरी जाहेरी दिने, कागज र सनाखत गर्ने मेनुका परियार भन्ने चिनिमाया नेपाली, कल्पना भुजु र पीडित भनिएकी युवतीलाई पुष २९ गते पक्राउ गरेर आज (शुक्रबार) जबरजस्ती करणी सम्बन्धी कसूरको षड्यन्त्र र आपराधिक लाभ शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिद्धि बिक्रम शाहले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप । रामेछाप उद्योग वाणिज्यिक सङ्घ रामेछापले माघ १५ गते देखी २६ गते सम्म मन्थलीमा सञ्चालित रामेछाप कृषि पर्यटन तथा औद्योगिक मेला प्रदर्शनी २०८१ को आम्दानी तथा खर्च सार्वजनिक गरेको छ । उद्योग वाणिज्यिक सङ्घले पत्रकार सम्मेलन मार्फत सोमबार आम्दानी तथा खर्च...

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

काठमाडौं । जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) एकीकरणका लागि सहमति नजिक पुगेको छ । पार्टीको नाम, अध्यक्ष, चुनाव चिह्न लगायतमा दुवै पक्ष सहमति नजिक रहेको दुवै दलले जानकारी दिएका छन् । एकतापछिको पार्टी अध्यक्ष डा. सीके राउत, सह–अध्यक्ष रञ्जिता श्रेष्ठ हुनेगरी छलफल...

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप । रामेछाप नगरपालिकाले आइतबार आर्थिक वर्ष २०८१÷८२ को आठ महिना अवधिको विकास निर्माण तथा सार्वजनिक सेवाका विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको वडा नम्बर ६ को ओख्रेनीमा आइतबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा चालु आर्थिक वर्ष...