काठमाण्डौं । बजेट अधिबेशन आह्वान गर्ने बागमती प्रदेशको सर्वदलीय बैठकले निर्णय गरेको छ ।प्रदेश सभाको बजेट अधिवेशन बैठक आह्वान गर्ने निर्णय उक्त बैठकले गरेको छ ।
शुक्रबार बसेको सर्वदलीय बैठकले प्रदेश सभा बैठक यही वैशाख ३१ गते बस्ने गरी प्रदेश सरकार समक्ष प्रस्ताव पेश गर्ने निर्णय गरेको सभामुख भुवनकुमार पाठकले जानकारी दिएका छन् ।
यस्तै, उक्त बैठकले प्रदेश सभा अन्तरगत रहेको विभिन्न पाँच समितिको सभापतिको लागि हुने निर्वाचन प्रकृयालाई आगामी जेठ ४ गतेभित्रै सम्पन्न गर्ने निर्णय गरेको सभामुख पाठकले बताए । सर्वदलीय बैठकमा संसदमा रहेका संसदीय दलका नेता र प्रमुख सचेतकहरुको सहभागिता रहेको थियो ।