बजेट अभावमा एकिकृत वस्ती अलपत्र

Written by meropradesh creator

३ पुष २०७७, शुक्रबार

रामेछाप । दोरम्वा गाउँपालिका वडा नं–५ गुन्सालमा निमार्णाधिन एकीकृत नमुना वस्ती बजेट अभाव हुँदा अलपत्र परेको छ ।
स्थानिय सेतीदेवी जनजागृती युवा समाजले दोरम्वा–५ गुन्सालका ३० घर परिवारको आबासको लागि निमार्ण शुरु गरिएको उक्त भवनको लागि कुल ३ करोड ३२ लाख रुपैयाँ खर्च लाग्ने जनाइएको छ । भवन निमार्णका लागि आवश्यक पर्ने वजेट संस्थासँग नहुँदा अहिले ती भवनहरु अलपत्र अवस्थामा रहेका छन् ।
एकिकृत वस्ती निमार्णको लागि राष्ट्रिय पुनःनिमार्ण प्राधिकरणले ९० लाख, एकीकृत वस्ती विकासको सेवा सुविधाको लागि १ करोड २० लाख र स्थानिय गाउँपालिकाको कार्यालय मार्फत वस्तीको सुरक्षाको लागि १० लाख रुपैयाँ रकम उपलव्ध गराउने सम्झौता भएको सेतीदेवी जनजागृती युवा समाजका अध्यक्ष प्रज्वल श्रेष्ठले जानकारी दिए ।
उनले भने– संस्थासँग भएको सम्झौता अनुसारको रकम पाउन सकेका छैनौ । सबै रकम पाउन सकेको भए हामीले समयमा नै काम सक्ने थियौ । अहिलेसम्म भवन निमार्णको काम ८५ प्रतिशत काम पुरा गरेका छौं । निमार्णाधिन एकीकृत वस्तीको भवन सँगै निमार्ण हुनुपर्ने शौचालय, आँगन र ढल व्यवस्थापनको काम अझै वाँकी रहेको छ । संस्थामा बजेट अभाव हुँदा ती काम पुरा हुन सकेको छैन् ।
बस्ती निमार्णको लागि राष्ट्रिय पुनः निमार्ण प्राधिकरणले दिनुपर्ने १२ लाख र एकीकृत वस्ती विकास सेवा सुविधा अन्तर्गतको ४० लाख रकम पाउन बाँकी रहेको छ । यी दुवै रकम पाउन सके निमार्णाधिन भवनको काम सम्पन्न हुने र भुकम्प लाभग्राहीलाई हस्तान्तरण गर्न सकिने अध्यक्ष श्रेष्ठ वताउँछन् ।
बजेट अभावमा अलपत्र रहेको एकीकृत वस्तीको बाँकी काम सम्पन्न गर्न स्थानिय गाउँपालिकाले बागमती प्रदेशसँग सहकार्य भइरहेकाले चाँडै नै केही रकमको व्यवस्थापन गर्ने गरी काम अघि वढेको दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले जानकारी दिए । उनले भने– रकम अभावले भवनको काम पुरा हुन सकेको छैन् । त्यो काम चाडै सक्ने गरी गाउँपालिकाले प्रदेश सरकारसँग रकम माग गरेका छौं । रोकिएको काम चाडै सकेर भुकम्प पिडीतलाई हस्तान्तरण गर्ने गरि पालिकाले काम अघि वढाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

यातायात व्यवस्था विभागले हालै वृद्धि गरिएको सार्वजनिक सवारीको भाडा विद्युतीय सवारी साधनमा लागू नहुने स्पष्ट पारेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण चैत २५ देखि डिजेलबाट चल्ने सवारीमा मात्र भाडा बढाइएको भए पनि केही विद्युतीय सवारीले गैरकानुनी रूपमा बढी भाडा...

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. २ मा आगामी वैशाख १५ गतेदेखि १८ गतेसम्म 'दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता २०८३' आयोजना हुने भएको छ। शैलुङ खेलकुद विकास समितिद्वारा आयोजित यस प्रतियोगितामा देशभरका पुरुष भलिबल टोलीहरूले सहभागिता जनाउन सक्नेछन्।...

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापको खाँडादेवी गाउँपालिकामा बुधबारदेखि सुरु हुने १३औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजकले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरी वैशाख ११ गतेसम्म चल्ने उक्त प्रतियोगिताको व्यवस्थापकीय तयारी सम्पन्न भएको जानकारी...