बजारक्षेत्र भन्दा गाँउ गाउँमा कोरोना संक्रमित बढ्दै

Written by meropradesh creator

३० जेष्ठ २०७८, आईतवार

रामेछाप । रामेछाप जिल्लाको बजार क्षेत्रमा भन्दा गाउँ गाउँमा कोरोनाको संक्रमण फैलने क्रम बढेको छ । जिल्लाका अधिकांश ग्रामिण भेगमा अहिले संक्रमितहरुको संख्या बढ्दछै जान थालेको छ । गाउँमा सक्रमितको संख्या अस्वभाविक रुपमा बढ्दै गएको भएपनि कोरोना परिक्षणगर्ने क्रम भने घटाउँदै लगिएको छ । जिल्लाका धेरै जस्तो गाउँहरुमा अहिले कोरोनाको जस्तै लक्षण मिल्ने विरामीहरु प्रत्येक घरमा रहेका छन् ।
गाउँहरुमा संक्रमितको संख्या अस्वभाविक रुपमा बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताए । स्वास्थ्य मापदण्डका विषयमा गाउँमा सर्तकता नहुँदा यस्तो अबस्था श्रृजना भएको पनि थापा बताउ छन् । जिल्ला ग्रामिन भेगमा कोरोना जस्तै लक्षण देखीएपनी स्वास्थ्य संस्था सम्म नआउदा र कोरोना परिक्षण नगर्दा घरमा बस्ने नागरीकहरुको परिक्षण हुन सकेको छैन उनिहरुको कोरोना परिक्षण नभइ घरमा नै मृत्यु हुन थालेको छ ।
गाउँमा परिक्षण गरिएकाहरु मध्ये कतिपय गाउँमा ८० प्रतिशत सम्ममा पोजेटिभ देखिने गरेको स्वास्थ्य कार्यालयको तथ्याकंमा उल्लेख गरिएको छ । चार दिन अगाडि जिल्लाको सुनापति गाउँ पालिकाको १ सय १५ जनामा परिक्षण गर्दा ९८ जनामा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले बताए । कर्णले भने जब सम्म नागरिक आफै सचेत हुन्न कोरोना संक्रमण नियन्त्रण गर्न सम्भब छैन । यस्तो संकटको समयमा गाउँ गाउँमा बिभिन्न खालका कार्यक्रम आयोजना गरेर नागरीक जमघट गरेर काम गरिरहेका छन यो समस्याको बिषय हो उनले भने ।
गाउँमा हुने विवाह, ब्रतवन्ध तथा अन्य सामाजिक काममा हुने जमघटहरुले संक्रमितहरुको संख्या ह्वात्तै बढेको दोरम्बा शैलुङ्ग गाउँपालिकाका अध्यक्ष कमान सिंह मोक्तानले जानकारी दिएका छन् । उहाँले अहिले गाउँका अधिकांश घरहरुमा कोरोनासंग मिल्दो जुल्दो लक्षण भएका विरामीहरु रहेको जानकारी दिएका छन् ।
त्यस्तै गरी पछिल्लो समय आफ्नो गाउँपालिका पनि कोरोनाको उच्च जोखिममा रहेको सुनापति गाउँपालिकाका उपाध्यक्ष गिता विष्टले बताइन् । तर खाँडादेवी गाउँपालिकामा भने कोरोना सन्क्रिमित घट्दो क्रममा रहेको छ । गाउँ गाउँमा सचेतना फैलाउदै अभियान नै चलाइएको खांडदेवी गाँउपालिकाका अध्यक्ष प्रेमबहादुर तमाङले जनकारी दिए । पालिका भित्रका नागरिकलाई समस्या पर्दा तत्काल निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइेको पनि अध्यक्ष तमाङले बताए । खांदादेवी गाँउपलिकामा हाल सम्म ५ जनाको मृत्यु भईसकेको छ । यस अगाडि शहरी क्षेत्रमा बढी फैलिएको कोरोना संक्रमण अहिले गाउँ गाउँमा पुगेको छ । समुदाय स्तरसम्म कोरोेना फैलिएपछि स्थानीय सरकारलाई समेत कोरोना संक्रमण न्यूनिकरणका लागि हम्मे हम्मे परेको छ ।
संक्रमण रोक्नका लागि जिल्लामा विभिन्न सचेतना मुलक कार्यक्रम देखी निषेधाज्ञा सम्मको काम गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले बताए । रामेछाप जिल्लामा बैशाख ३ गतेपछि १ हजार ७ सय ८३ जना संक्रमित भएको मध्ये १ हजार ३ सय ८८ जना निको भएर घर गइसकेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । अहिले अस्पताल र घरमा गरी ३ सय ७९ जना र ८ जना आसियुमा सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिएका छन् । जिल्लामा अघिल्लो बर्ष जम्मा २ सय २४ जना मात्र संक्रमित भएका थिए । हाल सम्म रामेछापमा कोरोना संक्रमणबाट १६ जनाको ज्यान गैसकेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

हेटौंडा,- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकले...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...