बजार अनुगमनमा सिडियो

Written by meropradesh creator

२० माघ २०७७, मंगलवार

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा रहेका व्यवसायीहरुले मनलाग्दी मूल्यमा दैनिक उपभोग्य सामाग्रीहरु बिक्री वितरण गरेको भन्ने गुनासो उपभोक्तावाट पटक–पटक आएपछि साेमबार बजार अनुगमन गर्न रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मा आफै निस्किएका छन् ।
व्यवसायीहरुले मनलाग्दी रुपमा दैनिक उपभोग्य सामाग्रीहरुको रकम लिने गरेको, पसलमा मूल्य सूचि नराखेको र अखाद्य बस्तु बढी मात्रामा बिक्री गर्ने गरेको गुनासो उपभोक्ताहरुले जिल्ला प्रशासन कार्यालय रामेछापमा गरेका थिए । त्यसैगरी मन्थलीमा रहेका दुधडेरी, बेकरी उद्योगहरुले अखाद्य सामाग्री मिसावट गरी विक्री बितरण गर्ने गुनासो बढेपछि त्यसको वास्तविकता बुझ्न प्रमुख जिल्ला अधिकारी आफै बजारमा निस्किएका हुन् ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजक्तवमा बजार अनुगमन समिति भएता पनि यसपटक भने प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रामेछाप उद्योग वाणिज्य संघ, खाद्य तथा गुणस्तर कार्यालय, घरेलु उद्योग विकास समिति लगाएतको टोलि लिएर अधिकारी शर्माले बजार अनुगमन गरेका हुन् ।
बजार अनुगमनको क्रममा केही व्यवसायीहरुले मूल्य सुचि राखे पनि त्यसलाई अद्यावधिक नगरेको, केही व्यवसायीहरुवाट म्याद सकिएको अखाद्य बस्तु जफत गरिएको र केही दुध विक्रीगर्ने व्यवसायीले पसलमा सफासुग्घर नगरेको देखिएको प्रमुख जिल्ला अधिकारी अर्जनकुमार शर्माले जानकारी दिए ।
उनले भने– विगत देखी नै प्रशासनले गर्दै आएको बजार अनुगमन निरन्तर चलिरहेको नै छ । पछिल्लो समय बजारमा धेरै व्यवसायीहरुले मनलाग्दी मूल्य लिएर सामाग्रीहरु विक्री वितरण गरेको भन्ने गुनासोको आधारमा यसपटक आफै बजार अनुगमन निस्किएको हुँ । अनुगमनको क्रममा भेटिएका त्रुटीहरु तत्काल सच्याउन व्यवसायीहरुलाई निर्देशन दिएको छु । अर्को पटक बजार अनुगमन गर्न निस्कदा पनि यस्तै अवस्था भेटिए कानून अनुसारको कडा कारवाही गर्ने प्रजिअ शर्माले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...