बजार अनुगमनमा सिडियो

Written by meropradesh creator

२० माघ २०७७, मंगलवार

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा रहेका व्यवसायीहरुले मनलाग्दी मूल्यमा दैनिक उपभोग्य सामाग्रीहरु बिक्री वितरण गरेको भन्ने गुनासो उपभोक्तावाट पटक–पटक आएपछि साेमबार बजार अनुगमन गर्न रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मा आफै निस्किएका छन् ।
व्यवसायीहरुले मनलाग्दी रुपमा दैनिक उपभोग्य सामाग्रीहरुको रकम लिने गरेको, पसलमा मूल्य सूचि नराखेको र अखाद्य बस्तु बढी मात्रामा बिक्री गर्ने गरेको गुनासो उपभोक्ताहरुले जिल्ला प्रशासन कार्यालय रामेछापमा गरेका थिए । त्यसैगरी मन्थलीमा रहेका दुधडेरी, बेकरी उद्योगहरुले अखाद्य सामाग्री मिसावट गरी विक्री बितरण गर्ने गुनासो बढेपछि त्यसको वास्तविकता बुझ्न प्रमुख जिल्ला अधिकारी आफै बजारमा निस्किएका हुन् ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजक्तवमा बजार अनुगमन समिति भएता पनि यसपटक भने प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रामेछाप उद्योग वाणिज्य संघ, खाद्य तथा गुणस्तर कार्यालय, घरेलु उद्योग विकास समिति लगाएतको टोलि लिएर अधिकारी शर्माले बजार अनुगमन गरेका हुन् ।
बजार अनुगमनको क्रममा केही व्यवसायीहरुले मूल्य सुचि राखे पनि त्यसलाई अद्यावधिक नगरेको, केही व्यवसायीहरुवाट म्याद सकिएको अखाद्य बस्तु जफत गरिएको र केही दुध विक्रीगर्ने व्यवसायीले पसलमा सफासुग्घर नगरेको देखिएको प्रमुख जिल्ला अधिकारी अर्जनकुमार शर्माले जानकारी दिए ।
उनले भने– विगत देखी नै प्रशासनले गर्दै आएको बजार अनुगमन निरन्तर चलिरहेको नै छ । पछिल्लो समय बजारमा धेरै व्यवसायीहरुले मनलाग्दी मूल्य लिएर सामाग्रीहरु विक्री वितरण गरेको भन्ने गुनासोको आधारमा यसपटक आफै बजार अनुगमन निस्किएको हुँ । अनुगमनको क्रममा भेटिएका त्रुटीहरु तत्काल सच्याउन व्यवसायीहरुलाई निर्देशन दिएको छु । अर्को पटक बजार अनुगमन गर्न निस्कदा पनि यस्तै अवस्था भेटिए कानून अनुसारको कडा कारवाही गर्ने प्रजिअ शर्माले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

महिला उद्यमी संघ रामेछापको अध्यक्षमा महत सर्वसम्मत

महिला उद्यमी संघ रामेछापको अध्यक्षमा महत सर्वसम्मत

रामेछाप । रामेछाप महिला उद्यमी संघको अध्यक्षमा मेनुका महत (खड्का) सर्वसम्मत अध्यक्षमा निर्वाचित बनेकी छिन् । चौथो वार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशनबाट महतको अध्यक्षतामा १० सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।  शनिवार मन्थलीमा भएको...

एक वर्षमा १५ लाख भन्दा बढी मुनाफा कमाउन सफल अम्बर आदर्श साकोस

एक वर्षमा १५ लाख भन्दा बढी मुनाफा कमाउन सफल अम्बर आदर्श साकोस

रामेछाप । अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८०÷०८१मा १५ लाख २१ हजार ८ सय ४५ रुपैयाँ नाफा कमाउन सफल भएको छ । शनिवार मन्थलीमा भएको २३ औ वार्षिक साधारण सभाको अवसरमा १५ लाख २१ हजार ८ सय ४५ रुपैयाँ नाफा कमाउन सफल भएको प्रतिवेदन कोषाध्यक्ष रमेश ढुङ्गेलले...

सरकारी कार्यालयहरूको वित्तीय प्रगति दयनीय

सरकारी कार्यालयहरूको वित्तीय प्रगति दयनीय

रामेछाप । रामेछाप जिल्लामा रहेका सरकारी कार्यालयहरूको वित्तीय प्रगति अत्यन्तै कमजोर रहेको छ । आर्थिक वर्ष सुरु भएको आठ महिना बितिसक्दा सम्म रामेछापको विकासे कार्यालयको वित्तीय प्रगति ५ प्रतिशत भन्दा बढी हुन सकेको देखीदैन् । जिल्ला प्रशासन कार्यालय रामेछापले शुक्रवार...