काठमाण्डौं । नवलपरासी पूर्वस्थित चौधरी ग्रुपको बियर फ्याक्ट्रीमा भीषण आगलागी भएको छ । नवलपरासी जिल्लाको देवचुली नगरपालिका वडा नं २ स्थित रजरमा रहेको फ्याक्ट्रीको बियर गोदममा बुधबार विहान देखी भीषण आगलागी भएको हो । बियर फ्याक्ट्रीमा बिहान देखी लागेको आगो निभाउन दमकल सहित नेपाली सेना, नेपाल प्रहरी, कार्यालयमा कार्यरत कर्मचारीहरु र स्थानिय नागरिकहरु लागेपनि आगो नियन्त्रणमा आउन सकेको छैन् । कारखानामा लागेको आगो अनियन्त्रीत भएपछि डोजर लगाएर भएका भवनहरु भत्काउने काम शुरुवात गरिएको उद्योग प्रशासन प्रमुख दामोदर पौडेलले जानकारी दिए ।