रामेछाप । नेकपाको पार्टी विभाजन सँगै केपी शर्मा ओली समुहको टोलीले रामेछापका सवै स्थानिय तहहरुमा पार्टीको बिस्तारित बैठकको कार्यक्रम लिएर गाउँ पस्ने भएको छ ।
नेकपा ओली समुहले यहीँ माघ ४ गते देखी माघ २० गतेभित्र जिल्लाको ८ वटै स्थानिय तहहरुमा पार्टीको बिस्थारित बैठकको आयोजना गर्ने तय भएको नेकपा रामेछापका जिल्ला अध्यक्ष आनन्द श्रेष्ठले जानकारी दिए । उनले भने– माघ ४ गतेवाट शुरु गरिने पार्टीको बिस्तारित बैठक माघ २० गतेसम्म जारी रहने छ ।
पार्टीले खाँडादेवी गाउँपालिकाको घ्याङ्गसिंह डाँडामा माघ ४ गते, लिखु तामाकोशी गाउँपालिकाको धोबी वजारमा माघ ५ गते, सुनापति गाउँपालिकाको हिलेदेवीमा माघ माघ ७ गते र दोरम्वा गाउँपालिकाको टोकरपुरमा माघ ८ गते पार्टीको बिस्तारित वैठकको आयोजना गरेकोे सो पार्टीले जनाएको छ ।
त्यसैगरी उमाकुण्ड गाउँपालिकाको च्यादलु प्रितीमा माघ ८ गते, गोकुलगंगा गाउँपालिकाको भिमसेनस्थानमा माघ १० गते र रामेछाप नगरपालिकाको रामेछाप बजारमा पनि सोही दिन गर्ने सो पार्टीले जनाएको छ । त्यस्तै मन्थली नगरपालिकामा मन्थली नगरकमिटी र पालिका भित्रका जिल्ला कमिटी सदस्यहरुको बैठक माघ ७ गते बस्ने र बिस्तारित बैठक माघ २० गतेभित्र गर्ने निर्णय भएको सो पार्टीले जनाएको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...