बिपी राजमार्गमा रोकिए सवारीसाधन
मन्थली- अत्यधिक वर्षा भएसँगै बाढीपहिरोको जोखिम बढेपछि बिपी राजमार्ग अबरुद्द भएको छ । बर्षाका कारण सम्भावित दुर्घटनाको खतराबाट जोगाउन सुरक्षा निकायले तत्कालका लागि सवारी सञ्चालन रोक लगाएको हो ।
भकुण्डेबेसी, धुलिखेल र बनेपामा ठुलो पानी परेपछि जोखिमलाई मध्यनजर गर्दै काठमाडौं भित्रिने सवारी साधनलाई मंगलटारमा र बाहिरिने सवारी साधनलाई काभ्रेभञ्ज्याङमा रोकिएको छ। जोखिम कम भएपछि सवारी सञ्चालनमा लगाइएको प्रतिबन्ध खुल्ला गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।









