रामेछाप । रामेछाप र सिन्धुली जिल्ला जोड्ने पक्की पुल बाढीको जोखिममा परेको छ । सुनकोसीमा अत्यधिक मात्रामा बढेको बाढीको सतहले खुर्काेट रामेछाप सिन्धुली जोड्ने मोटेरेवल पुल छोएको स्थानीयले बताएका छन् । सुनकोशीमा बाढीको सतह खतराको तह पार गर्दा खुर्काेट र मुलकोट बजार डुबानमा परेका छन् । निरन्तरको वर्षाको कारण सित्खामा बाढीको जोखिमपछि १५ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । अविरल वर्षाका कारण बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । काभ्रेको नेपाल थोक स्थित रोशी खोलामा आएको बाढीले सडक बगाएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...