बिमा रकम दाबी गर्न टिपरमा आगजनी 

Written by meropradesh creator

३२ श्रावण २०८०, बिहीबार

रामेछाप । रामेछाप घर भई काठमाण्डौं बस्दै आएका दुई दाजु भाइले बिमाको रकम दाबी गर्न आफ्नै टिपरमा आगजनी गरेका छन् । उनीहरू सँगै सिन्धुलीका एक जनालाई समेत प्रहरीले प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले बिमा रकम लिन आफ्नै टिपरमा आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको हो ।
 पक्राउ पर्नेमा रामेछाप घर भई काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर बस्ने ३४ वर्षीय प्रदीपकुमार खत्री, सिन्धुली घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ टीका थली बस्ने रँगबहादुर बुढा क्षेत्री र रामेछाप घर भई टीका थली बस्ने ३३ वर्षीय भिमलेन खत्री छन् ।
१३ महिना अगाडि प्रदीपकुमार खत्रीले बा ३ ख २८९४ नम्बरको टिपर मासिक किस्ता तिर्ने गरी १३ दाख रुपैयाँमा खरिद गरेका थिए । उनका भाइ भिमलेन खत्रीले उक्त टिपर चलाउने गर्थे । तर चार महिना अगाडि गोदावरी नगरपालिका–(१२ ठेंचोस्थित नख्खु खोला कोरिडोर सडक खण्डमा बिग्रिएर थन्किएको थियो ।
मर्मत गर्न धेरै पैसा लाग्ने भएपछि उनीहरूले टिपरमा आगो लगाएर बिमा रकम प्राप्त गर्ने योजना बनाएका थिए । योजना अनुसार साउन १२ गते राति सवा १ बजे पेट्रोल छर्केर आगो लगाएका थिए । त्यही दिन दिउँसो प्रहरी वृत्त चापागाउँमा आगो लगाउने व्यक्तिहरूको खोजी गरी कारबाही गर्न माग गर्दै प्रदीपकुमार पुगेका थिए । उनले निवेदन दिँदा बिमा रकमका लागि आवश्यक सिफारिस गर्न भनेका थिए ।
प्रहरीलाई शका लागेपछि अनुसन्धान अघि बढाउँदा बिमा रकम प्राप्तिका लागि आफ्नै टिपरमा आगजनी गरेको खुलेको हो । उनीहरूमाथि आपराधिक उपद्रव कसुरमा ललितपुर जिल्ला अदालतबाट सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...